Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

युएईले नेपाललाई जितका लागि दियो १८२ रनको लक्ष्य


१७ असार, काठमाडौं : जिम्बावेमा जारी रहेको आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानका लागि भइरहेको सेमिफाइनल खेलमा युएईले नेपाललाई १८२ रनको लक्ष्य दिएको छ।

जिम्बावेको हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ४६ दशमलव ५ ओभरमा १८१ रनमा अलआउट भयो।

यो खेलमा युएईको कप्तानी गरिरहेका वृत्य अरविन्दले ७५ बलमा ४ चौकाको सहयोगमा ४४ रन बनाए। उनी गुलशन झाको बलमा बोल्ड भए।

युएईका ओपनर आसिफ खान इनिङको दोस्रो बलमा नै करण केसीको बलमा शून्य रनमा आउट भए। दोस्रो विकेटका लागि आर्यांश शर्मा र वृत्यले ८८ बलमा ६४ रनको साझेदारी गरेका थिए।

शर्मा ४३ बलमा ३ चौकाको मद्दतले २८ रन बनाउँदै सन्दीप लामिछानेको बलमा आउट भएपछि यो साझेदारी तोडिएको थियो।

पाँचौं विकेटका लागि रोहन मुस्तफा र बसिल हमिदले ७२ बलमा ५८ रनको महत्वपूर्ण साझेदारी गरे। मुस्तफा ५६ बलमा ३५ रन बनाएर आउट भएपछि सो साझेदारी टुटेको थियो। हमिदले ३५ बलमा २९ रन बनाए।

संचित शर्मा १४ बलमा १२ रन तथा रमिज शाहजादले २८ बलमा १० रन बनाए।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३/३ तथा प्रतिस जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।

आजको खेलको विजेताले सातौं स्थानका लागि मंगलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

शुक्रबार भएको पहिलो प्लेअफ खेलमा अमेरिकालाई पराजित गरि आयरल्यान्डले आजको खेलको विजेतासँग भिडन्त निश्चित गरेको हो।

आजको खेलमा हार्ने टोलीले नवौं स्थानका लागि बिहीबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP