Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

नेपाल टेस्ट राष्ट्रसँग फेरि पराजित, आयरल्यान्ड विजयी

आईसीसी एक दिवसीय विश्वकप छनोटको प्लेअफमा नेपाल टेस्ट मान्यता प्राप्त आयरल्याण्डसँग पराजित भएको छ। 

जिम्वावेमा जारी प्रतियोगिता अन्तर्गत मंगलबार आयरल्याण्डलाई दुई विकेटले नतिजा सुम्पिएसँगै नेपाल आठौं स्थानमा सीमित भएको हो। यसअघि टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिज र जिम्वावेसँग नेपाल पराजित भएको थियो। 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभर खेलेर नौ विकेटको क्षतिमा जम्मा २६८ रन जोड्यो।  
आयरल्याण्डले आठ विकेटको क्षतीमा चार बल बाँकी छँदा  विजय लक्ष्य पुरा गर्याे। २००७, २०११ र २०१५ विश्वकप खेलेको आयरल्याण्डले २०१७ मा टेष्ट राष्ट्रको मान्यता पाएको थियो। 

शुरुमै धरमराएको नेपालको ब्याटीङ लाइन गुल्सन झा र सन्दिप लामिछानेले सम्हालेका थिए। ८० रनको साझेदारी गर्दै गुल्सनले ५७ र सन्दिपले ३२ रन जोडे। अर्जुन साउदले ४८, कुशल मल्लले ४४, रोहित पौडेलले २९ र भीम सार्कीले २० रनको योगदान दिए।

समूह ‘ए’ को चौथो स्थानमा रहेको नेपालले समूह ‘बी’ को पाँचौं स्थानमा रहेको युएईले ‘प्लेअफ’मा पराजित गर्दै नेपालले आयरल्याण्डसँगको भेट पक्का गरेको थियो। नेपालले युएईलाई ३ विकेटमा हराएको थियो। 

सुपर सिक्समा छनोट हुन जित्नै पर्ने खेलमा नेदरल्याण्डस् विरुद्ध नेपालले विर्सन लायक प्रदर्शन गर्यो। खासगरी ब्याटरहरू चल्नै सकेनन्। असार ९ मा नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर जम्मा १६७ रन बनाको थियो। नेपालले प्रस्तुत गरेको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेटको क्षतिमा सहजै पुरा गर्यो। 

टेस्ट राष्ट्र विरुद्ध पहिलो पटकको भेटमा नेपाल जिम्वावेसँग ८ विकेटले पराजित भयो। नेपालले सबै ओभर खेलेर ८ विकेट  गुमाउँदै २९० रन जोडेको थियो। जिम्वावे विरुद्ध कुशल भुर्तेलले ९५ बलमा ९९ रन जोडेका थिए। 

टेस्ट राष्ट्र विरुद्धको आफ्नो दोस्रो खेलमा नेपालको प्रतिस्पर्धी थियो, वेस्ट इण्डिज। टस जितेको नेपालले फिल्डिङ रोज्यो। ३४० रनको विजयी लक्ष्य पछ्याएको नेपाल वेस्ट इण्डिजसँग १०१ ले पराजित भयो। ४९.४ ओभरमा सबै विकेट गुमाउँदा नेपालको खातामा जम्मा २३८ रन पुग्यो। 

समूह ‘ए’ मा रहेको नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP