Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

श्रीलङ्काले जित्याे विश्वकप छनाेटकाे उपाधि, नेदरल्यान्ड्स १ सय ५ रनमै अलआउट

काठमाण्डाै – श्रीलङ्काले आईसीसी विश्वकप छनाेटकाे उपाधि जितेकाे छ । आइतवार भएकाे फाइनलमा नेदरल्यान्ड्सलाई १ सय २८ रनले हराउँदै श्रीलङ्काले उपाधि जितेकाे हाे । 

श्रीलङ्काले दिएकाे २ सय ३४ रनकाे लक्ष्य पछ्याएकाे नेदरल्यान्ड्स २३ ओभर ३ बलमा १ सय ५ रनमै अलआउट भयाे । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले सर्वाधिक ३३ रन बनाए । बलिङतर्फ श्रीलङ्काका महेश थिक्सेनाले ४, दिलशन मदुशन्काले ३ र वानिन्दु हसरङ्गाले २ विकेट लिए ।

यसअघि जिम्बावेकाे हरारे स्पाेर्ट्स क्लबमा टस हारेर ब्याटिङ गरेकाे श्रीलङ्का ४७ ओभर ५ बलमा २ सय ३३ रनमा अलआउट भयाे । श्रीलङ्काका सहन अर्चचिगेले ५७, सदीरा समाराविक्रमाले ४३ र चरिथा असलंकाले ३६ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका लाेगन भान वीक, रायन क्लेन, विक्रमजित सिंह र सकिब जुल्फिकरले २/२ विकेट लिए ।

१० टोली सहभागी यो प्रतियोगिताको शीर्ष दुईमा रहेका श्रीलङ्का र नेदरल्यान्ड्स आउँदो अक्टोबर/नोभेम्बरमा भारतमा हुने विश्वकपमा पुगेका छन् । सुपर लिगबाट आयोजक भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बङ्लादेश र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाएका थिए ।

प्रतियोगिताको उद्घाटन खेलमा अक्टोबर ५ तारिखमा इङ्ल्यान्ड र न्युजिल्यान्ड अहमदाबादमा खेल्नेछन् । प्रतियोगिताको आयोजक भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ तारिखमा अस्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP