Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

गौतमबुद्ध मा.विमा विज्ञान विषयमा पनि पढाइ सुरु हुँदै

कपिलवस्तुको बुद्धभुमि नगरपालिका गोरुसिँगे स्थित श्री गौतमबुद्ध माध्यमिक विद्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा एसइइमा ९५ प्रतिशत उत्कृष्ट नतिजा प्राप्त भएको जनाएको छ । केही दिन अघि सार्वजनिक भएको एसइइ २०७९ को नतिजा अनुसार यो विद्यालयबाट उत्कृष्ट नतिजा प्राप्त भएको विद्यालयले जनाएको हो ।

गत वर्ष समेत उत्कृष्ट नजिता प्राप्त गर्दै नमुना विद्यालयको रुपमा परिचय बनाएको गौतम बुद्ध माविले प्रोत्साहनमा आधारति अनुदान समेत प्राप्त भएको विद्यालयका प्रधानाध्यापक शिशिर अर्यालले बताउनुभयो । कपिलवस्तुमा सामुदायिक विद्यालय तर्फ एक फरक पहिचान बनाएको यो विद्यालयले यसपटक समेत उत्कृष्ट नतिजा प्राप्त गर्दै कक्षा ११ तर्फ विभिन्न विषयमा विद्यार्थी भर्ना सुरु भएको उहाँले बताउनुभयो । उहाँका अनुसार विद्यालयले यस पटक कक्षा ११ तर्फ विज्ञान विषयको कक्षा समेत संचालन गर्ने भएको छ । कक्षा ११ मा नयाँ भर्ना हुने विद्यार्थीले अब गौतमबुद्ध माविमा विज्ञन समुहमा समेत अध्ययन गर्न पाउने प्रअ अर्यालले बताउनुभयो ।

यस बाहेक गौतम बुद्ध माविले कक्षा ११ का लागि व्यवस्थापन, शिक्षा, मानविकी, सिभिल ईञ्जिनियरीङ् समुहका लागि पनि भर्ना शुभारम्भ भएको जनाइएको छ । यस बाहेक कम्प्युटर साइन्सको कक्षा समेत यो विद्यालयमा संचालनमा रहेको छ । विद्यालयमा प्रयोगशाला, पुस्तकालय, छात्र/छात्रावासको समेत व्यवस्था रहेको विद्यालयले जनाएको छ ।

विद्यालयमा २०७४ साल देखि सिभिल ईन्जिनियरिङको कक्षा संचालनमा आएको थियो भने यस वर्ष देखि कक्षा ११ मा विज्ञान समुहका विषयको पनि पढाइ सुचारु गर्न विद्यार्थी भर्ना खुल्ला भएको प्रधानाध्यपाक अर्यालले बताउनुभयो । कपिलवस्तु जिल्लामा लगातार उत्कृष्ट नतिजाका साथ जिल्लामै नमुना विद्यालयको रुपमा स्थापित भएको यो विद्यालयले विभिन्न पुरस्कार तथा अनुदानका कार्यक्रम समेत हात परिसकेको छ ।

विद्यालयमा हाल अंग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन हुने गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP