Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

गौतमबुद्ध मा.विमा विज्ञान विषयमा पनि पढाइ सुरु हुँदै

कपिलवस्तुको बुद्धभुमि नगरपालिका गोरुसिँगे स्थित श्री गौतमबुद्ध माध्यमिक विद्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा एसइइमा ९५ प्रतिशत उत्कृष्ट नतिजा प्राप्त भएको जनाएको छ । केही दिन अघि सार्वजनिक भएको एसइइ २०७९ को नतिजा अनुसार यो विद्यालयबाट उत्कृष्ट नतिजा प्राप्त भएको विद्यालयले जनाएको हो ।

गत वर्ष समेत उत्कृष्ट नजिता प्राप्त गर्दै नमुना विद्यालयको रुपमा परिचय बनाएको गौतम बुद्ध माविले प्रोत्साहनमा आधारति अनुदान समेत प्राप्त भएको विद्यालयका प्रधानाध्यापक शिशिर अर्यालले बताउनुभयो । कपिलवस्तुमा सामुदायिक विद्यालय तर्फ एक फरक पहिचान बनाएको यो विद्यालयले यसपटक समेत उत्कृष्ट नतिजा प्राप्त गर्दै कक्षा ११ तर्फ विभिन्न विषयमा विद्यार्थी भर्ना सुरु भएको उहाँले बताउनुभयो । उहाँका अनुसार विद्यालयले यस पटक कक्षा ११ तर्फ विज्ञान विषयको कक्षा समेत संचालन गर्ने भएको छ । कक्षा ११ मा नयाँ भर्ना हुने विद्यार्थीले अब गौतमबुद्ध माविमा विज्ञन समुहमा समेत अध्ययन गर्न पाउने प्रअ अर्यालले बताउनुभयो ।

यस बाहेक गौतम बुद्ध माविले कक्षा ११ का लागि व्यवस्थापन, शिक्षा, मानविकी, सिभिल ईञ्जिनियरीङ् समुहका लागि पनि भर्ना शुभारम्भ भएको जनाइएको छ । यस बाहेक कम्प्युटर साइन्सको कक्षा समेत यो विद्यालयमा संचालनमा रहेको छ । विद्यालयमा प्रयोगशाला, पुस्तकालय, छात्र/छात्रावासको समेत व्यवस्था रहेको विद्यालयले जनाएको छ ।

विद्यालयमा २०७४ साल देखि सिभिल ईन्जिनियरिङको कक्षा संचालनमा आएको थियो भने यस वर्ष देखि कक्षा ११ मा विज्ञान समुहका विषयको पनि पढाइ सुचारु गर्न विद्यार्थी भर्ना खुल्ला भएको प्रधानाध्यपाक अर्यालले बताउनुभयो । कपिलवस्तु जिल्लामा लगातार उत्कृष्ट नतिजाका साथ जिल्लामै नमुना विद्यालयको रुपमा स्थापित भएको यो विद्यालयले विभिन्न पुरस्कार तथा अनुदानका कार्यक्रम समेत हात परिसकेको छ ।

विद्यालयमा हाल अंग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन हुने गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP