Trending
राजनीति प्रतिनिधिसभाले पारित गर्‍यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राजनीति भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य अन्तर्राष्ट्रिय म्यान्माका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक असफल भए राजनीति वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड मनोरन्जन ‘एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’ शिक्षा किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ? राजनीति ‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँसु ननिकालौँ’ समाज धरानबाट हराएको बस विराटनगरमा भेटियो राजनीति सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले राजनीति सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

शिवराजमा उप निर्वाचन


नारद कोहार

कपिलवस्तु
शिवराज नगरपालिकामा उप चुनाव हुना लागेको छ । शिवराज नगरपालिका वडा नं। १० मा वडाअध्यक्षका लागि मंसिर ४ गते उपनिर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।
शिवराज नगरपालिका वडा नं। १० की वडाअध्यक्ष शकुन्तला भारतीको क्यान्सरका कारण निधन भएको थियो । त्यहाँ वडाध्यक्षको पद रिक्त छ । उनले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन जितेका थिइन् ।
शिवराज नगरपालिकामा ११ वटा वड़ा रहेको र अन्य सबैमा पुरूष निर्वाचित भए पनि उनी एक मात्र महिला वडाअध्यक्षमा निर्वाचित भएकी थिइन् । ३ सय १९ मत प्राप्त गरी विजयी भएकी शकुन्तलाका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तिरथबहादुर रायमाझीले २ सय ३० मत प्राप्त गरेका थिए ।
उक्त वडामा ११ जना वडा अध्यक्षमा उम्मेदवार रहेकोमा स्वतन्त्र ५ र अन्य दलबाट ६, जसमा नेपाली कांग्रेस, तत्कालीन माओवादी केन्द्र, तत्कालीन एमाले, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा अध्यक्षमा लडेका थिए ।
वडाको गत निर्वाचनमा जम्मा १ हजार ९ सय ६५ मतदाता रहे पनि १ हजार ३ सय ४१ मत खसेको थियो । संघ प्रदेश र स्थानीय चुनावपछि गत साउन १७ गते सम्ममा २ सय २८ मतदाता नयाँ थपिएका छन् । नयाँ थपिएका मतदातामध्ये १८ वर्ष पूरा भएका १ सय ३६ जनाले अब हुने निर्वाचनमा मात हल्न पाउने छन् भने ९२ मतदाता १८ वर्षमुनिका नाम दार्ता गराए पनि मत हाल्न नपाउने निमित्त निर्वाचन अधिकृत अनिता क्षेत्रीले जानकारी दिइन् ।
कपिलवस्तुमा ३ लाख ३४ हजार ९ सय ३३ जना मतदाता रहेका छन् । सो मध्ये १ लाख ८२ हजार ७ सय ९६ पुरुष, १ लाख ५२ हजार १ सय ३३ महिला र दुई जना तेस्रोलिङ्गी मतदाता रहेका छन् ।
जिल्लामा तीनवटै निर्वाचनपछि १४ हजार ५ सय ४ मतदाता नयाँ थपिएका छन् जसमा ६ हजार ९ सय ८८ महिला र ७ हजार ५ सय १६ पुरुष थपिएको अधिकृत क्षेत्रीले बताइन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP