Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

राजश्व छलिका २ ट्रक समान बरामद प्रहरी नै बेखवर

कपिलवस्तु २० भदौ
कपिलवसतुमा तस्कारी मौलाउदै गएको छ । खुला सीमा र एक दर्जन नाकाहरु रहेको जिल्लामा तस्कारहरुले त्यसको फाईदा उठाउदै सलबलाएका हुन । खासगरी अहिले जिल्लाको तेश्रो ठुलो भन्सार नाकाका रुपमा रहेको चाकर चौडामा तस्करी उच्च रहेको वताईएको छ । तस्करीमा सुरक्षाकर्मीको समेत मिलेमतो रहेको श्रोतको दाबी छ । चाडबाड सुरु भएपछि सो नाकामा तस्कारी बढेको छ । नेपाल तर्फबाट मरिच, केराउको दाल, खुकुरी चुरोट, चाईजिन स्याउ लगायतका सामानहर भारत लगिने गरिएको छ ।
यस्तै भारत तर्फबाट केराना, ईलेक्ट्रिक र कस्मेटिक सामान, सुर्ती लगातयका सामानहरु भारी मात्रामा तस्करी भईरहेको छ । एकदिन अघि राजश्व अनुसन्धान कार्यालय बुटवलले चारकचौडामा छापा हानेर १० लाख बढीको सामान बरामद गर्नुले पनि भारी मात्रामा तस्करी हुने गरेका पुष्टी भएको स्थानीयको भनाई छ । मायादेबी गाउपालिकाको चाकरचौडामा रहेको जगन्नाथ उपाध्यायको घरमा राखिएको २ ट्रक सामान बरामद गरिएको राजस्व अनुसंधान कार्यालय बुटवलका प्रमुख बिजय रानाले वताउनु भयो ।
बिशेष सुचनाका आधारमा घरमा छापा हान्दा सो सामानहरु बरामद गरिएको उहाँले वताउनु भयो ।बरामद गरिएको सामाग्री ट्रकमा राखेर बुटवल लगिएको थियो । चाकरचौडामा रहेको सामान बारे राजस्व अनुसंधानलाई थाहा हुने तर नजिकै रहेको चाकरचौडाका सुरक्षाकर्मीलाई त्यसको केही जानकारी नहुनुले तस्करीमा सेटिङको पुष्टी भएको स्थानीयको भनाई रहेको छ ।
सीमा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक घडीराम यादवले सो सामान बारे आफुलाई केही थाहा नभएको र आफनो कुनै संलग्नता नरहेको दाबी गर्नु भयो । उता प्रहरी उपरिक्षक दीप शमशेर जबराले तस्कारी भए नभएको बारे आफुलाई थाहा नभएको बताउनु भयो । आफुले चाकरचौडाको अवस्था बारे जानकारी लिने वताउनु भयो ।राजश्व अनुसन्धानको टोलीले सुराकीका आधारमा सामान वरामद गर्दा समेत थाहा नपाएको भन्ने प्रहरी उपरिक्षक जवरा शंकाको घेरामा परेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP