Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

स्पेनिस फुटबल महासंघका अध्यक्षले दिए राजीनामा


२५ भदौ, काठमाडौं : स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन्।

महिला विश्वकप २०२३ को फाइनलपछिको समारोहमा स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेको भन्दै आलोचना भएपछि उनले २० औं दिनमा राजीनामा दिएका हुन्। ३३ वर्षीया हर्मोसोले चुम्बन सहमतिमा नभएको भन्दै गत मंगलबार उजुरी दिएकी थिइन्। रुबियालेसले महासंघका कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई राजीनामा बुझाएको बताएका हुन्।

४६ वर्षीय उनले युइएफएको कार्यकारी समितिको उपाध्यक्ष पदबाट पनि राजीनामा दिएका छन्। चुम्बनका कारण स्पेनी फुटबल विवादित बनेको थियो। इंग्ल्यान्डलाई हराएर विश्व विजेता बनेको स्पेनिन महिला टिमको सफलता छायामा पारेको थियो।

आलोचना भएर राजीनामा माग भए पनि रुबियालेसले राजीनामा इन्कार गर्दै आएका थिए। स्पेनिस फरवार्डमाथि यौन दुर्व्यवहार र जबरजस्ती गरेको अध्यक्षमाथि आरोप लगाइएको छ।

रुबियालेसले चुम्बन आपसी र सहमति भएको दाबी गरे पनि फुटबलको विश्व प्रशासनिक निकाय फिफाले अस्थायी रूपमा उनलाई निलम्बन गरेको थियो। विश्वकप विजेतासहित ८१ खेलाडीले रुबियालेस रहँदा राष्ट्रिय टोलीबाट नखेल्ने बताएका थिए।

राजनीतिज्ञ, फुटबलर र सेलिब्रेटीहरू रुबियाल्सकोविरुद्धमा बोलेका थिए। स्पेनको कानुन अनुसार यौन दुर्व्यवहारको आरोपमा जरिवानादेखि चार वर्षसम्मको जेल सजाय हुन सक्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP