Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

एसियाली खेलकुदको फुटबलमा भारतको पहिलो जित

५ असोज, ललितपुर : १९ औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा भारतले जित दर्ता गरेको छ। पहिलो खेलमा आयोजक चीनसँग भारी गोल अन्तरले हारेको भारत दोस्रो खेलमा भने बंगलादेशलाई १–० ले हराएको हो।

यो हारसँगै समूह ‘ए’ मा रहेको बंगलादेश दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट लगभग बाहिरिएको छ। यद्यपि चीनसँगको खेलमा बंगलादेश विजयी भएको खण्डमा भने अर्को राउण्डको सम्भावना हुनसक्छ। तर चीन बंगलादेशभन्दा धेरै बलियो छ। चीनलाई जित्न बंगलादेशका लागि निकै कठिन छ।
बिहीबारको नतिजाले भने भारतका लागि अर्को चरणमा जाने सम्भावना बलियो बनेको छ।

हाङझाउमा भएको खेलमा भारतले एकपछि अर्को दबाब सिर्जना गरे पनि गोल हुन नसक्दा बंगलादेशलाई अर्को चरणमा पुग्न सक्ने मौका हुन सक्थ्यो। तर भारतीय कप्तान सुनिल क्षेत्रीको गोलले भारतलाई महत्त्वपूर्ण ३ अंक मिल्यो।

सुनिलले खेलको ८५ औँ मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए। उनले हानेको बललाई बंगाली किपर मिथुल मार्माले कुनै बचाउने कुनै मौका पाएनन्।

पहिलो हाफको सुरुवाती र अन्तिम समयमा भारतले गोल गर्ने केही अवसर गुमायो। दोस्रो हाफमा पनि शुरुदेखि नै बंगलादेशमाथि दबाब राखेको भारतले एक पछि अर्को गरेको प्रयास बंगलादेशका गोलरक्षक मिथुलले बचाएका थिए।

यसबीचमा भारतीय कप्तान सुनिलले पनि गोल गर्ने केही राम्रा अवसर गुमाएका थिए। पहिलो खेलमा भारत आयोजक राष्ट्र चीनसँग ५–१ गोल अन्तरले पराजित भएको थियो भने बंगलादेश पहिलो खेलमा म्यानमारसँग पराजित भएको थियो।

समूह एमा अब भारतले म्यानमारसँग खेल्न बाँकी छ। यो खेलको विजेता स्वतः अन्तिम १६ मा प्रवेश गर्नेछ। तर समूह विजेता या उपविजेताको टुंगो भने चीन र बंगलादेशबीचको खेलको विजेताले लगाउनेछ।

खेलपछि पत्रकारसँग प्रतिक्रिया दिँदै भारतीय कप्तान सुनिलले बंगलादेशविरुद्धको खेलमा सोचे अनुसार आफूहरूले खेल्न नसकेको स्वीकारे। ‘हामीले निराशाजनक खेल्यौँ। तर अन्तिममा एक गोल गर्दै महत्त्वपूर्ण ३ अंक जोड्न सफल भयो’ , उनले भने।

समूह एमा दुई खेलको समाप्तीपछि चीन ६ अंकसहित पहिलो , भारत र म्यानमारले समान ३–३ अंक जोड्दा बंगलादेशको कुनै अंक छैन। सुरुमा २३ वटा टिम भएपनि सिरीया र अफगानिस्तानले प्रतियोगिताबाट हात झिकेपछि २१ वटा टिम रहेका छन्। २१ राष्ट्रबाट १६ वटा राष्ट्र अन्तिम १६ मा पुग्नेछन्।

समूह सी मा रहेका सिरीया र अफगानिस्तानले अन्तिम समयमा आएर प्रतियोगिता नखेल्ने भएपछि उज्वेकिस्तान र हङकङ सोझै अर्को राउण्डमा पुगेका छन्।
समूह बीमा पनि २ खेल सकिँदा इरान र साउदी अरबले ४–४ अंक जोडेका छन्। यो समूहमा भियतनामले ३ अंक जोड्दा मंगोलिया अंकविहीन छ।

यसैगरी समूह ‘डी’ बाट पहिलो खेल सकिँदा जापानले कतारलाई ३–१ ले हराएको छ। प्यालेष्टाइन समेत रहेको यो समूहमा जापानको ३ अंक छ।

यस्तै समूह ई मा पनि दुई खेलको समाप्तिमा दक्षिण कोरिया ६ अंक सहित पहिलो स्थानमा छ। बहराइनले दुवै खेलमा बराबरी गर्दै २ अंब बटुलदा थाइल्याण्ड र कुवेतले एक खेलमा हार र एक खेलमा बराबरी गर्दै एक–एक अंक बटुलेका छन्।

समूह ‘एफ’ मा दुई खेलको समाप्तिमा उत्तर कोरियाले दुवै खेल जित्दै ६ अंक जोडेको छ भने इण्डोनेसिया र चाइनिज ताइपेईले ३–३ अंक बटुलेका छन्। किर्गिस्थानले दुवै खेलमा पराजय भोगेको छ।

६ वटै समूहबाट समूहका विजेता र उपविजेता गरी १२ देश अन्तिम १६ मा पुग्नेछन् भने बाँकी ४ देशको छिनोफानो ती समूहका उत्कष्ट तेस्रो हुने टोलीले पाउनेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP