नेपाल र बंगलादेश भिड्दै


११ असोज, काठमाडौं : १९औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको आफ्नो अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै छ।

समूह डीमा रहेको नेपाल यसअघिका दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ। पहिलो खेलमा नेपाल भियतनामसँग २–० र दोस्रो खेलमा जापानविरुद्ध ८–० को फराकिलो अन्तरले पराजित भएको थियो।

बंगलादेश पनि समूह चरणबाटै बाहिरिसकेको छ। उसले जापानविरुद्ध ८–० र भियतनामसँग ६–१ को हार बेहोरेको थियो।

समूह चरणबाटै एसियाड यात्रा समाप्त गरेका दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछन्। यी दुई बीचको खेल चीनको वानजाउ स्पोर्टस सेन्टरमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजे सुरु हुने छ।

एसियाडमै आज नेपालले अन्य ९ खेलमा पनि प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिताको पाँचौँ दिनसम्म पदकको खाता खोल्न नसकेको नेपालले आज स्क्वास, गल्फ, ई–स्पोर्ट्स, टेबल टेनिस, तेक्वान्दो, ब्याटमिन्टन, पौडी, बक्सिङ र फेन्सिङमा प्रतिस्पर्धा गर्दैछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP