एसियाड : महिला कबड्डीमा नेपाल विजयी, भलिबलमा पराजित

१५ असोज, काठमाडौं : चीनको हाङझाउ जारी एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले बंगलादेशलाई पराजित गरेको छ।

आज बिहान भएको खेलमा समूह बीको नेपालले बंगलादेशलाई ३७–२४ अंकले पराजित गरेको हो। योसँगै नेपालले सेमिफाइनल प्रवेशको सम्भावनासमेत बलियो बनाएको छ।

यो समूहमा नेपाल, बंगलादेश र इरान रहेका छन्। नेपालले भोलि इरानसँग प्रतिस्पर्धा गर्दैछ। इरानसँग पराजित भए पनि इरानले पर्सि हुने खेलमा बंगलादेशलाई पराजित गरे नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ। महिला कबड्डीको समूह एमा दक्षिण कोरिया, भारत, थाइल्यान्ड र चाइनिज ताइपेई छन्।

यसैबीच आज बिहान भएको महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग पराजित भएको छ। नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको हो। पहिलो खेलमा भियतनामसँग पराजित भएको नेपाल आज दक्षिण कोरियासँग पराजित भएसँगै प्रारम्भिक चरणबाटै बाहिरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP