Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

शेयर कर्जाको सीमा बढ्यो, व्यक्तिगततर्फ ३ करोड र संस्थागततर्फ ८ करोड वृद्धि


१९ असोज, काठमाडौं : नेपाल राष्ट्र बैंकले शेयर कर्जाको सीमा बढाएको छ।

राष्ट्र बैंककै नीतिका कारण शेयर बजार घटेको र बजार चलायमान हुन नसकेको भनेर चौतर्फी आलोचना भएपछि राष्ट्र बैंकले दुई वर्षअघि कायम गरेको सीमा बढाएको हो।

यसअघि समग्र वित्तीय प्रणालीबाट १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था भएकामा त्यसलाई बिहीबार बैंक तथा वित्त संस्थालाई निर्देशन जारी गर्दै १५ करोड पुर्‍याइएको छ।

संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड कायम गरेको छ। यसअघि व्यक्तिगत र संस्थागत दुवैतर्फ १२ करोडको सीमा थियो।

नेपाल राष्ट्र बैंकले बजार उच्च अंकमा रहेका बेलामा यस्तो सीमा तोकेको थियो। जसका कारण २०७८ मा ३२ सय नजिक पुगेको शेयर बजार १८ सय अंकसम्म झरेको थियो। जुन बिहीबार १९ सय ५६ अंकमा रहेको छ।

त्यसैगरी घरजग्गा चलायमान बनाउन सरकारको नीतिलाई सहयोग पुग्ने गरी कर्जाको सीमा संशोधन गरेको छ।

यसअघि काठमाडौं उपत्यकामा जग्गाको धितोको ४० प्रतिशतसम्म ऋण दिन पाइने गरेकामा अब राष्ट्र बैंकले त्यसमा संसोधन गरी ५० प्रतिशत पुर्‍याएको छ। काठमाडौं उपत्यकाबाहिर भने यसअघि पनि ५० प्रतिशतकै सीमा कायम थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP