एसीसी यू–१९ प्रिमियर कप : इरानविरुद्ध देव खनालको शतक


२५ असोज, काठमाडौं : एसीसी पुरुष यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपाल र इरानबीचको खेल जारी छ। मलेसियाको बान्गीमा इरानसँग टस हारेको नेपालले ब्याटिङ गरिरहेको छ।

खेलमा नेपालका कप्तान देव खनालले शतक पूरा गरेका छन्। उनले ५९ बलमा १२ चौका र ४ छक्काको मद्दतमा शतक पूरा गरेका हुन्। उनी शतक पूरा गरेर आउट भए।

दिपक बोहोराले अर्थशतक पूरा गरे। उनी ६५ रन बनाएर पेभिलिएन फर्किए। खराब सुरुवात गरेको नेपालका लागि कप्तान खनाल र बोहोराले उत्कृष्ट साझेदारी गरे। उनीहरुले ९८ बलमा १६६ रनको साझेदारी गरे।

१० रन हुँदा २ विकेट गुमाएको नेपालको तेस्रो विकेट १७६ रनमा गुम्यो। चौथो विकेट नेपालले १८५ रन हुँदा बोहोरालाई गुमायो । क्रिजमा अहिले दिपेश कंडेल छन्।

१६ टोली सहभागी प्रतियोगिताको उत्कृष्ट तीन टोली एसिया कपको लागि छनोट हुनेछन्। प्रशिक्षक जगत टमटाले उपाधि जितेर घर फर्कने बताएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP