Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

टी-२० विश्वकप क्वालिफायरका लागि नेपाली टीम घोषणा, सन्दीपको कमब्याक

११ कार्तिक, काठमाडौं : घरेलु मैदानमा हुने टी-२० विश्वकप क्वालिफायरका लागि नेपाली टीम घोषणा गरिएको छ। रोहित पौडेलको कप्तानीमा घोषित १५ सदस्यीय टीममा स्पिनर सन्दीप लामिछानेले कमब्याक गरेका छन्। ​

सन्दीपले परिवारलाई समय दिने भन्दै त्रिकोणात्मक टी–२० आई सिरिज खेलेका थिएनन्। नेपालले अन्य खेलाडी भने परिवर्तन गरेको छैन। अन्तिम १५ मा विकेटकिपर विनोद भण्डारी र विवेक यादवले स्थान बनाएका छन्। ​

त्रिकोणात्मक सिरिजमा भएका सूर्य तामाङ, लोकेश बम, सागर ढकाल र श्याम ढकाल बाहिरिएका छन्।​ आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखी २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ। समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन्।

समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन्। फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि–२० विश्वकप खेल्न पाउनेछन्। नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो।

टोलीमा को को ?

रोहित पौडेल कप्तान, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP