आईसीसी विश्वकप क्रिकेट : आज अफगानिस्तान र श्रीलंका भिड्ने


१३ कार्तिक, आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तान र श्रीलंका भिड्दैछन्। यी दुई टोलीबीचको खेल दिउँसो सवा २ बजे पुणेमा हुनेछ।

जारी प्रतियोगितामा पाँच–पाँच खेल खेलेका दुबै टोली आज तेस्रो जितको खोजीमा छन्। श्रीलंका ४ अंकसहित पाँचौ र समानअंकहित अफगानिस्तान सातौँ स्थानमा छन्। यस प्रतियोगितामा दुवै टोलीको प्रदर्शन खस्किएको छ।

श्रीलंका र अफगानिस्तानको हेड टू हेड हेर्ने हो भने पछिल्ला पाँच एकदिवसीय प्रतियोगितामा श्रीलंकाले चारवटा र अफगानिस्तानले एउटा खेल जितेका छन्। यसअघि गएराति सम्पन्न खेलमा भारतले इङ्ल्याण्डविरुद्ध १०० रनको रोमाञ्चक जित हात पारेको छ।

भारतले दिएको २३० रनको लक्ष्य पछ्याएको इङ्ल्याण्ड ३४ दशमलव ५ ओभरमा १२९ रनमा समेटियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP