आईसीसी विश्वकप : आज बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा

१४ कार्तिक, एजेन्सी

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बंगलादेश र पाकिस्तान भिड्दैछन् । यी दुई टोलीबीचको खेल इडेन गार्डेन रंगशाला कोलकातामा दिउँसो सवा २ बजे शुरु हुनेछ ।

जारी प्रतियोगितामा पाकिस्तानले आफ्ना ६ मध्ये २ खेलमा जित निकालेको छ भने समान ६ खेल खेलेको बंगलादेशले एक खेलमात्र जितेको छ । यी दुवै टोली आज जित निकाल्दै अंक तालिका सुधार गर्ने ध्याउन्नमा छन् । यी दुई टोलीबीचका पछिल्ला ५ वटा एक दिवसीय प्रतियोगितामा बंगलादेशले ३ तथा पाकिस्तानले दुई खेलमा जित हासिल गरेको छ ।

यसअघि गएराति भएको खेलमा अफगानिस्तानले श्रीलंकाविरुद्ध सहज जित निकालेको छ । पुणेमा भएको खेलमा श्रीलंकाले दिएको २ सय ४२ रनको पछ्याएको अफगानिस्तानले ४५ दशमलब २ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो । गएरातिको जितसँगै ६ खेलबाट ६ अंक जोडेको अफगानिस्तानले अन्तिम चारमा पुग्ने सम्भावनालाई जिवित राखेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP