१५ कार्तिक, एजेन्सी
भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बुधबार न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दैछन्। यी दुई टोलीबीचको खेल पुनेमा दिउँसो सवा २ बजे शुरु हुनेछ ।
जारी प्रतियोगितामा अहिलेसम्म खेलेका ६ मध्ये पाँच खेल जितेको दक्षिण अफ्रिका तालिकाको दोस्रो स्थानमा छ। समान ६ खेलमा ४ खेल जितेको न्यूजिल्याण्ड तेस्रो स्थानमा छ। यी दुई टोलीबीच भएका पछिल्ला पाँच एकदिवसीय प्रतियोगितामा न्युजिल्याण्डले तीन र दक्षिण अफ्रिकाले दुई वटा खेल जितेका छन्।
यसअघि गएराति भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ। पाकिस्तानले प्रतियोगितामा लगातार चार खेल हारेपछि पहिलो जित निकालेको हो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया