विश्वकप क्रिकेट : आज अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्ने

३० कार्तिक, एजेन्सी

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा बिहीबार अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दैछन्।

यी दुई टोलीबीचको खेल भारतको कोलकातास्थित इडेन गार्डेन मैदानमा दिउँसो सवा २ बजे शुुरु हुनेछ। आजको विजेता टोलीले फाइनलमा भारतसँगको भेट पक्का गर्नेछ।

अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भएका पछिल्ला पाँच एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले ४ खेल जितेको छ भने अस्ट्रेलियाले एक मात्र जितेको छ।

यसअघि गएराति सकिएको खेलमा भारतले न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ। भारत जारी प्रतियोगितामा अपराजित रहँदै उपाधि नजिक पुगेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP