Trending
राजनीति नेपालमा बसेर अध्ययन गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्छ : सचिव काफ्ले समाज शान्ति प्रक्रियामा दमननाथ र पद्मरत्नको योगदान बिर्सन सकिँदैन : परराष्ट्रमन्त्री श्रेष्ठ राजनीति बलिया दललाई पाखा लगाए नेपालको राजनीति सही बाटोमा जान्न : महासचिव पोखरेल राजनीति हामीले बुर्जुवाहरूसँग कम्परमाइज गरेका छौं : प्रचण्ड अन्तर्राष्ट्रिय इटालीको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो राजनीति समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुनेगरी बजेट ल्याएका छौँ : अर्थमन्त्री राजनीति तानसेन नगरले ल्यायो पौने दुई अर्बको बजेट अन्तर्राष्ट्रिय भारतद्वारा ओमानसँग स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी समाज डेंगी नियन्त्रण गर्न पानी पोख्‍ने अभियान राजनीति एमालेको एक मात्र लक्ष्य मिसन ०८४ हो : मन्त्री चौधरी

नेपाली महिला टिमले आज हङकङसँग खेल्दै

३० कार्तिक, काठमाडौं : चार देशीय टी–ट्वेन्टी आई सिरिजको आफ्नो दोस्रो खेलमा नेपाली महिला टोलीले आज घरेलु टोली हङकङसँग खेल्दैछ।

हङकङ क्रिकेट क्लब मैदानमा खेल दिउँसो पौने १२ बजे सुरु हुने छ। नेपाल जारी प्रतियोगितामा पहिलो जितको खोजीमा छ। बुधबार भएको खेलमा नेपाली टोली तान्जानियासँग २७ रनले पराजित भएको थियो।

खराब ब्याटिङ गरेको नेपाल तान्जिानियाले दिएको १ सय १६ रनको लक्ष्य पूरा गर्न असफल भएको हो। आजको खेल नेपाली ब्याटरका लागि पुनरागमन गर्ने राम्रो अवसर हो।

हङकङले भने जितका साथ प्रतियोगिताको सुरुवात गरेको छ। पहिलो खेलमा उसले जापानमाथि ९ विकेटको सहज जित हात पारेको हो।

नेपाल सन् २०२३ मा हङकङविरुद्ध तेस्रो पटक खेल्दैछ। पछिल्ला दुई टी-ट्वेन्टी आईमा नेपाल विजयी भएको थियो। नेपाल आईसीसी महिला टी-ट्वेन्टी वरीयतामा हङकङभन्दा एक स्थान मात्र अघि छ। नेपाल वरीयताको २१ औं र हङकङ २२ औं स्थानमा छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP