Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बाल मृत्युदर : लुम्बिनी प्रदेशमा उच्च, पाँच वर्ष नलाग्दै ४ प्रतिशतको मृत्यु



२ मंसिर, काठमाडौँ : देशमा समग्र बाल मृत्युदर घट्दै गए पनि लुम्बिनी प्रदेशमा पाँच वर्षमुनिका बाल मृत्युदर भने सातवटा प्रदेशमध्येकै सर्वाधिक रहेको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) सन् २०२२ ले देशभरको समग्र बाल मृत्युदर ३.३ प्रतिशत देखाएको थियो। यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशस्तरमा बाल मृत्युदरको अवस्थाबारे गरेको अध्ययनमा लुम्बिनी प्रदेशको बाल मृत्युदर सातवटा प्रदेशमध्येकै सर्वाधिक (४ प्रतिशत) रहेको हो। अर्थात् लुम्बिनी प्रदेशमा हाल जीवित जन्मेका प्रति एक हजार बालबालिकामध्ये ४० जना बालबालिकाले आफ्नो पाँचौँ जन्मदिन मनाउन पाउँदैनन्।

यसैगरी लुम्बिनी प्रदेशमा नवजात शिशुको मृत्यु पनि २.२ प्रतिशत रहेको छ। पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर उच्च रहे पनि नवजात शिशुको मृत्युदर भने लुम्बिनी प्रदेशमा कम रहेको छ। लुम्बिनी प्रदेशभन्दा सुदूरपश्चिम प्रदेशमा नवजात शिशुको मृत्युदर बढी ( २.५ प्रतिशत) रहेको छ। यस्तै सुदूरपश्चिम प्रदेशमा पनि पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर झन्डै लुम्बिनी प्रदेशको बराबर नै (३.९ प्रतिशत) रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम पछि कोशी प्रदेशको बालमृत्युदर धेरै (३.२ प्रतिशत) रहेको छ भने कोशी प्रदेशमा नवजात शिशु मृत्युदर पनि २ प्रतिशत रहेको छ। यस्तै गण्डकी प्रदेशमा बाल मृत्युदर ३ प्रतिशत रहेको छ। यो प्रदेशमा नवजात शिशुको मृत्युदर भने १.८ प्रतिशत छ। बाग्मती प्रदेश र मधेश प्रदेशको बाल मृत्युदर बराबर १.९ प्रतिशत रहेको छ। नवजात शिशु मृत्युदर भने बाग्मती प्रदेशमा ०.९ प्रतिशत रहेको छ भने मधेश प्रदेशमा १ प्रतिशत रहेको छ। यो सबै संख्या प्रति एक हजार जन्ममा हुने बालबालिकाको मृत्युको संख्या हो।

यसअघि सन् २०१६ को यही सर्वेक्षणले प्रति एक हजार जीवित जन्ममा ३९ बालबालिकाको मृत्यु हुने देखाएको थियो। पाँच वर्षको अवधिमा नेपालमा समग्र बाल मृत्युदरमा ६ प्रतिशत कमी भए पनि लुम्बिनी प्रदेशमा भने बाल मृत्युदर बढ्दो छ।

लुम्बिनी प्रदेशमा बाल मृत्युदर उच्च किन ?

स्वास्थ्य सेवाको पहुँचको हिसाबले हेर्दा सुगम रहेको लुम्बिनी प्रदेशमा कर्णाली र सुदूरपश्चिम प्रदेशको भन्दा स्वास्थ्यका सूचक घट्दै गएको छ। यो प्रदेशमा बाल मृत्युदर मात्रै होइन मातृ मृत्युदर समेत देशभरकै सबैभन्दा उच्च रहेको छ।

स्वास्थ्य संस्थाको पहुँचको कुरा गर्ने हो भने यो प्रदेशमा देशकै ठूल्ठूला मेडिकल कलेजदेखि प्रदेश स्तरीय विशिष्टीकृत सरकारी ठूला अस्पताल छन् भने भौगोलिक हिसाबले पनि स्वास्थ्य संस्थासम्म पुग्न सहज देखिन्छ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव समेत भइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाका अनुसार पछिल्लो समय लुम्बिनी प्रदेशमा बाल तथा मातृ स्वास्थ्यसेवा कमजोर देखिनुमा विगत पाँच वर्षमा कोभिड महामारीको असर पनि प्रमुख कारण रहेको बताए। उनले भने‚ ‘देशभरको समग्र कोभिड महामारीको मृत्युदर हेर्ने हो भने लुम्बिनी प्रदेशको सर्वाधिक थियो। यसले कोभिड महामारीबाट लुम्बिनी प्रदेश धेरै पीडित भयो जसले गर्दा बालबालिकाको खोप कभरेजमा असर गर्‍यो।‘

यस्तै लुम्बिनी प्रदेशको कपिलवस्तु‚ बर्दिया र रोल्पा जिल्लामा संस्थागत सुत्केरी हुने दर एकदमै कम हुँदा नवजात शिशुको मृत्युदर बढेको उनले बताए। संस्थागत सुत्केरी भएको दर हेर्दा लुम्बिनी प्रदेशमा सरकारी स्वास्थ्य संस्थामा भन्दा निजी मेडिकल कलेज र अन्य निजी अस्पतालमा प्रसवको समयमा सुत्केरी महिला र नवजात शिशुमा हुने स्वास्थ्य समस्या धेरै रहेको डा. देवकोटाले बताए।

‘तथ्या‌ंकले समग्र प्रदेशको संस्थागत सुत्केरीको संख्यामा त्यति कमजोर नभए पनि लुम्बिनी प्रदेशमा सरकारी स्वास्थ्य संस्थाभन्दा निजी मेडिकल कलेज र अन्य निजी अस्पतालमा प्रसवको समयमा सुत्केरी महिला र नवजात शिशुमा हुने स्वास्थ्य जटिलता धेरै भएको देखिएको छ‚ जसले गर्दा बालमृत्यु‚ नवजात शिशु र मातृमुत्युमा समेत समस्या देखिएको छ। यसका लागि समीक्षा गर्नु आवश्यक छ’‚ डा. देवकोटाले भने। स्रोतः थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP