Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

कांग्रेस केन्द्रीय समितिमा अनुशासन समितिको प्रतिवेदन पेस, एक हजार उजुरी

काठमाडौं, साउन २९

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बुधबार पार्टी अनुशासन समितिको प्रतिवेदन पेस भएको छ ।

गएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने र त्यसका समर्थक, प्रस्तावकलाई कारबाही गरेको प्रतिवेदन अनुशासन समितिका संयोजक भीष्मराज आङदम्बेले केन्द्रीय समितिमा पेस गरेका छन् ।

लगभग एक हजार उजुरी अनुशासन समितिमा दर्ता भएपनि बाँकी उजुरीका विषयमा समितिले छानबिन गरिरहेको जनाइएको छ ।

अनुशासन उल्लंघनका घटना फरक–फरक ढंगका भएको भन्दै समितिले कारबाहीको दायरा पनि फरक गर्न सुझाएको छ ।

नयाँ विधान र नियमावलीका आधारमा बाँकी कारबाही प्रक्रिया अघि बढाइने भएको छ ।

आउँदो उपनिर्वाचन गर्नुपर्ने स्थानहरुमा कुन मापदन्डबाट उम्मेदवार चयन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ ।

कार्यकाल सकिएका पार्टी शुभेच्छुक संघ–संस्थाको अधिवेशन वा तदर्थ समिति बनाउने भन्ने विषयमा पनि जारी बैठकबाटै निर्णय हुनेछ ।

बैठकले यसअघि पार्टी अन्तरकालीन समिति बनाउनेबारे निर्देशिका पारित गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP