महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड मंसिर २६ गते सुरु हुने

काठमाडौं : यस वर्षको काठमाडौं महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही मंसिर २६ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने भएको छ।

महानगरपालिकाले सूचना जारी गरी प्रतियोगिताका लागि नाम दर्ता गराउन महानगरभित्रका सबै सामुदायिक (सरकारी) तथा संस्थागत (निजी) विद्यालयलाई आग्रह गरेको छ।

महानगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड सञ्चालन निर्देशिका, २०७९ (संसोधनसहित)को अनुसूची ४ मा उल्लेखित खेलहरूमा सहभागी हुन इच्छुक विद्यालयहरूले यही ११ गतेदेखि १८ गतेसम्म सोही निर्देशिकाको अनुसूची १ बमोजिमको ढाँचामा खेल र खेलाडीको नाम (सफ्ट कपिसमेत) शिक्षा विभागमा दर्ता गराउनू भनेको छ।

निर्धारित समयभित्र नाम दर्ता हुन नआएमा वा म्याद नाघेपछि प्राप्त हुन आएका निवेदन उपर कुनै कारबाही नहुने महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP