Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एपिएफले जित्यो पिएम कप महिला क्रिकेटको उपाधि‚ ज्योती पाण्डेको संन्यास घोषणा

१८ पुष, काठमाडौँ : कोशी प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपिएफ टोलीले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। आज (बुधवार) भएको फाइनलमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपिएफले उपाधि हात पारेको हो।

जितका लागि एपिएफले दिएको ११५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०३ रनमात्र बनाउन सक्यो र उपविजेतामै चित्त बुझाउनु पर्‍यो।

कोशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ६२ रन तथा काजल श्रेष्ठले २२ रन बनाए पनि अन्य खेलाडी दोहोरो अंकमा रन बनाउन नसक्दा टोलीले उपाधि जित्न सकेन।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारत २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो। एपिएफका लागि इन्दु बर्माले ५३ रन, ज्योती पाण्डेले २७ रन र रोमा थापाले १४ रन जोडे।

उपाधि जितेसँगै नेपाली क्रिकेट टोलीकी ओपनर रहेकी एपिएफकी खेलाडी ज्योति पाण्डेले खेलबाट सन्न्यास लिएकी छन्। सन् २०१६ मा थाइल्यान्डमा भएको एसिसी वुमन्स एशिया कपमा पाकिस्तानविरुद्ध सिनियर टोलीबाट डेब्यू गरेकी ज्योतिले राष्ट्रिय र घरेलु दुवै क्रिकेट नखेल्ने घोषणा गरेकी हुन्।

उपाधिसँगै विजेता एपिएफले नगद ५ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता कोशीले नगद ३ लाख रुपैयाँमा चित्त बुझाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP