Trending
समाज शिक्षामन्त्रीको १०० दिन : सक्रिय भएर पनि अलमलमा ! राजनीति पुनःनिर्माण र सहुलियत ऋणको माग गर्दै मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षणपत्र समाज बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन अन्तर्राष्ट्रिय प्यालेस्टिनी क्षेत्रमा गरिबीको दर उच्च राजनीति विचाराधीन विधेयक पेश गर्न सभामुखले दिए समिति सभापतिहरूलाई निर्देशन अन्तर्राष्ट्रिय अफगानिस्तानमा विस्फोट हुदाँ तीन जनाको मृत्यु, तीन घाइते अन्तर्राष्ट्रिय रूसमा सेना पठाउने उत्तर कोरियाली तयारीले सियोल र नेटो चिन्तित अन्तर्राष्ट्रिय हाइटी गिरोहको आक्रमणमा दुई जनाको मृत्यु , पाँच हजार विस्थापित समाज दशैँ–तिहारलाई कोसेली कर्णालीको स्याउ समाज कर्णालीका ४८ स्थानीय तहमा छैनन् आधारभूत अस्पताल!

भालुवाङ बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो (अपडेट)

ओमप्रकाश गुप्ता

भालुवाङ २८ पुस । 

भालुवाङ बस दुर्घटनामा मृतकको संख्या १२ पुगेको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार राति पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनीहरुको पहिचान हुन सकेको छैन । शवलाई लमही स्थित अस्पतालमा पठाईएको छ । २३ जनालाई उपचारका लागि बुटवल र नेपालगञ्ज पठाउने तयारी छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार राति साढे १० बजे तिर दाङ–देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा खस्दा १२ जनाको मुत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख उज्जवल सिंहले जानकारी दिएका छन् । घटना स्थलबाट जेसिवीको सहायताले ७ जनाको शव निकालिएको छ । यस अघि ५ जनाको शव निकाली सकिएको थियो ।

अहिले २३ जना घाइतेहरुको भालुवाङ प्रस्तावित अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख सिंहले जानकारी दिएका छन् । बसमा ३५ देखि ४० जना यात्रु सवार रहेको हुन सक्ने प्रहरी प्रमुख सिंहले जानकारी दिएका छन् । अहिले पनि नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीय भालुवाङका नागरिकहरू उद्धारमा खटिएका छन् । बस तिब्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP