Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

इरान र जापान एसिया कपको क्वार्टरफाइनलमा

१८ माघ, काठमाडौं : इरान र जापान कतारमा जारी एसिया कप फुटबलको क्वार्टररफाइनलमा प्रवेश गरेका छन्।

बुधबार सम्पन्न खेलमा बहराइनलाई हराँउदै जापान र सिरियालाई पाखा लगाउँदै इरान अन्तिम आठमा पुगेका हुन्।

दोहा स्थित अल–थुमामा स्टेडियममा भएको खेलमा जापानले बहराइनलाई ३–१ ले निराश पारिदिएको हो।

खेलको ३१औँ मिनेटमा रित्सु दोआनले जापानलाई सुरुवाती अग्रता दिलाएका थिए। फेरि त्यसको १८ मिनेटपछि खेलको ४९औं मिनेटमा ताकेफुसा कुबोले गोल गर्दै जापानको अग्रता दोब्बर पारे ।

६४औँ मिनेटमा बहराइनले एक गोल गरेर खेलमा फर्किने प्रयास गर्‍यो। जापानी गोलरक्षक जायन सुजुकी र आफ्नै खेलाडी तालमेल नमिल्दा जापानले एक गोल खायो।

जपानको एक पछि अर्को आक्रमणका सामु बहराइनको केही सीप लागेन । खेलको ७२औँ मिनेटमा आयासे युएडाले गोल गर्दै जापानको जित सुनिश्चित गरे ।

अर्को खेलमा पेनाल्टी सुटआउटमा ५–३ को अन्तरमा सिरियालाई हराएर इरानले अन्तिम आठको यात्रा बनाएको छ।

निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयमा पनि दुवैतर्फबाट १–१ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा सिरियाका फहाद युसेफको पेनाल्टी इरानी गोलरक्षक अलिरेजाले उत्कृष्ट बचाएका थिए।

यसअघि निर्धारित ९० मिनेटमा दुवैतर्फबाट भएका दुवै गोल पेनाल्टीमा भएका थिए।

३४औं मिनेटमा मेहदी तरेमीले पेनाल्टीमा गोल गर्दै इरानलाई सुरुवाती अग्रता दिलाएका थिए। सिरियाका ओमार ख्रिविनले पनि ६४औँ मिनेटमा पेनाल्टीमा नै गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसपछि ९० मिनेट र अतिरिक्त समयमा पनि थप गोल हुन सकेन र खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

क्बार्टरफाइनल समिकरण पूरा

बुधबारको नतिजासँग एसिया कप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।

अब जापानले क्वार्टरफाइनलमा इरानसँग खेल्नेछ। सेमिफाइनल प्रवेशका लागि कतारले उज्वेकिस्तानसँग, ताजिकिस्तानले जोर्डनसँग र साउदी अरेबियाले दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP