
२१ माघ, ललितपुर : नेपाल पुलिस क्लब तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ। सातदोबाटोमा स्थिति कराते हलमा शनिबार सम्पन्न प्रतियोगितामा पुलिस १० स्वर्ण पदकसहित च्याम्पियन बनेको हो। पुलिसले समान ३ रजत र कास्य पदक पनि जित्यो।
प्रतियोगितामा महिलातर्फ रमिता माझी र पुरुषतर्फ सुदूरपश्चिमका कमल ओली सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनीहरुले समान २५ हजार रुपैयाँ प्राप्त गरे। महिलातर्फ निरुपा दोङ र पुरुषतर्फ साहिल नेपाली उदीयमान खेलाडी चुनिए।
यस्तै प्रतियोगिताको तीनै संस्करणमा स्वर्ण पदक जितेका विप्लवलाल श्रेष्ठले सुपरस्टार खेलाडीको उपाधिसहित ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठले पनि जितको ह्याट्रिक गर्न सफल भइन्।
पुलिस च्याम्पियन बन्दा अर्को विभागिय टोली एपिएफ ३ स्वर्ण तथा समान ५ रजत र कास्य पदक जित्दै दोस्रो भयो। च्याम्पियन हुने टोली पुलिसले ट्रफी सहित १ लाख र दोस्रो एपिएफले ५० हजार रुपैयाँ प्राप्त गर्यो।
प्रतियोगितामा बागमती प्रदेश २ स्वर्ण १ रजत र ६ कास्य पदकका साथ तेस्रो भयो। आर्मी १ स्वर्ण तथा समान ४ रजत र कास्य पदकका साथ चौथो भयो। पाँचौं भएको सुदूरपश्चिम प्रदेश को १ स्वर्ण, १ रजत र ४ कास्य पदक जितेको छ।
मधेश प्रदेश १ रजत र ६ कास्य जित्दै छैटौं , कोशी प्रदेश १ रजत र ४ कास्य जित्दै सातौं, १ रजत र २ कास्य पदकका साथ लुम्बिनी प्रदेश आठौं र १ कास्यका साथ गण्डकी प्रदेश नवौं स्थानमा रह्यो। कर्णाली प्रदेश भने पदक विहिन रह्यो।
अन्तिम दिन पुलिसलाई थप २ स्वर्ण
प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन पुलिसले थप २ स्वर्ण पदक जितेको थियो। सुदूरपश्चिम र आर्मीले समान १ स्वर्ण पदक जिते।
पुलिसका विप्लवलाल श्रेष्ठ ८४ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेका थिए। प्रतियोगिताको समेत अन्तिम खेलमा शनिबार फाइनलमा सुदूरपश्चिमका लोकश कार्की १२– ४ को फुल स्कोरमा हराउँदै विप्लवलाल पहिलो भएका थिए।
विप्लवलाल नेपाल खेलकुद पत्रकार मन्चले माघ २८ गते आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस अवार्डको मनोनयमा समेत छन्। सो समूहमा एपिएफका तेन्जिङ शेर्पा र मधेश विवश गौतमले कास्य पदक प्राप्त गरे। त्यसअघि सेमिफाइनलमा एपिएफ तेन्जिङ शेर्पा र लोकेशले मधेश विवश गौतमलाई हराएका थिए। सेमिफाइनल फाइनल अघि विप्लवलालले २ फाइट जितेका थिए।
त्यसअघि कुमुते महिला ५० केजी तौल समूहको फाइनलमा आर्मीकी मिस्ली श्रेष्ठले स्वर्ण पदक जितेकी थिइन्। आर्मीका लागि पहिलो स्वर्ण पदक जित्ने क्रममा मिस्लीले एपिएफकी सोनु श्रेष्ठलाई हराएकी हुन्। सोनु फाइनलमा मेडिकल्ली डिस्क्वालिफाइ हुनुअघि ५–१ ले पछाडि थिइन। सो समूहमा नेपाल पुलिस क्लबकी सविना श्रेष्ठ र मधेश प्रदेशकी बबिता इस्मालीले कास्य पदक प्राप्त गरे। सेमिफाइनलमा मिस्लीले सविना र सोनुले बबितालाई हराएकी थिइन्।
त्यसअघि सुदूरपश्चिम प्रदेशका लागि कमल ओलीले पहिलो स्वर्ण पदक जितेका थिए। कुमुते पुरुष ७५ केजीमा फाइनलमा बागमती प्रदेशका साहिल नेपाली ५–४ स्कोरले हराउँदै कमलले स्वर्ण पदक जितेका हुन्। त्यो तौल समूहमा प्रदेशका खेलाडीले मात्र पदक जितेका छन्।
विभागीय टोली पुलिस क्लबका खेलाडी पहिलो चरणमा तथा नेपाल एपिएफ क्लब र आर्मीका खेलाडी क्वाटरफाइनलमा पराजित भएका थिए। समूहमा मधेश प्रदेशका करणकुमार महतो र कोशी प्रदेशका रुरिहाङ दुमी कास्य पदक प्राप्त गरे। त्यसअघि कमलले रुरिहाङ र साहिलले करणलाई हराएका थिए।
त्यसअघि आज चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता पुलिसकी एरिका गुरुङले तेस्रो स्वर्ण पदक जितेकी थिइन्। असोजमा सम्पन्न एसियाडपछि पहिलो प्रतियोगिता खेलेकी एरिकाले कुमुते महिला ६८ केजीमाथिको तौल समूहमा एपिएफकी विनिता श्रेष्ठलाई ७–१ ले हराउँदै पहिलो स्थान हासिल गरेको थिइन्। प्रतियोगितामा पुलिसको त्यो नवौं स्वर्ण पदक हो।
सो समूहमा मधेश प्रदेशकी पोरिना शाही ठकुरी र बागमतीकी कलाहाङ लिम्बुले कास्य पदक प्राप्त गरे। त्यसअघि सेमिफाइनलमा एरिकाले कलाहाङ र विनिताले पोरिकालाई हराउँदै फाइनल यात्रा तय गरेकी थिइन्। चोटका कारण एरिकाले साफ कराते च्याम्पियनसीपमा भाग लिएकी थिइनन्। विप्लवलाल र मिस्लीले प्रतियोगितामा ह्याट्कि गरेका छन्।
करातेको राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका रूपमा रहेको प्रतियोगिताको आयोजना जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलले गरेको हो। प्रतियोगितालाई गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको प्राविधिक सहयोग गरेको छ।
माघ १८ गते देखि सन्चालन भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागका खेलाडीले कुमुते र काता गरि १७ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया