वाफ च्याम्पियनसिपमा नेपालले आज प्यालेस्टाइनसँग खेल्ने

काठमाडौं : साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा शनिबार नेपालले प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दैछ।

अघिल्ला दुई खेलमा जित निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र प्यालेस्टाइन यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन्।

अब समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्दा सिरियाले इराकको सामना गर्नेछ। त्यसैगरी समूह ‘ए’ बाट पनि सेमिफाइनलमा पुग्ने देशको टुंगो लागेको छ। समूह ‘ए’ बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन्।

नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समयअनुसार बेलुकी सवा ९ बजे शुरु हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP