फाइनल प्रवेशका लागि नेपालले आज भारतसँग खेल्दै

काठमाडौं : अण्डर सिक्सटिन महिला साफ च्याम्पियनशिपमा आज नेपालले भारतसँग खेल्दैछ। फाइनल पुग्न निकै महत्त्वपूर्ण मानिएको यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटो मैदानमा हुनेछ।

फाइनल प्रवेशका लागि दुवै टोलीलाई आजको खेल जित्नैपर्ने बाध्यता छ। बंगलादेश लगातार दुई खेल जित्दै फाइनलमा पुगिसकेको छ। ३ अङ्क भएको भारत दोस्रो स्थानमा र समान अङ्क भएको नेपाल गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ। दुवै खेल हारेको भुटान अङ्कविहीन हुँदै बाहिरिसकेको छ। फाइनल खेल आगामी आइतवार हुनेछ।

यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा भएको हो। प्रतियोगितामा नेपाल, भुटान, भारत र बंगलादेश सहभागी छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP