Trending
राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने

मेयर साब, दक्षिणका नागरिक नगरवासी होइनन् र ?


सनिउल्ला धोबी
कपिलवस्तु,भद्रा २२
आज भन्दा करिब २६ सय बर्ष पहिले तत्कालिन कपिलवस्तु गणराज्य र देवदहका नागरिक विच रोहणी नदीको पानीको विषयमा विवाद भएको थियो । शक्य सभामा राजा शुद्धोधन समक्ष रोहणी नदीको पानीको विषय उठेपछी शक्यगण र देवदह विच ठुलो मनमुटवा उत्पन्न भएको थियो । रोहणी नदीको पानी देवदहको भुमी सिचाईको लागि लागिएको थियो । पानी देवदह तर्फ लगेपछी शक्यराज्यका केही राजाहरुले कपिलवस्तु र देवदहका राजा दण्डपानीसगँ युद्ध लड्ने सुझाव दिएका थिए ।

त्यस बखत राजा शुद्धोधनले बुद्धीमानी अपनाई देवहदका राजा दण्डपानीसग बार्ता गरी रोहणी नदीको पानी कपिलवस्तु तर्फ फर्कएका थिए । देवदह र कपिलवस्तुका नागरिकलाई युद्धवाट बचाउन सफल भएका थिए शक्य शिरोमणी राज शुद्धोधन । कपिलवस्तु र देवदहका भुमी सिचिंत गरी हराभरा बनाइएको थियो । कपिलवस्तुको राजा शुद्धोेधन र देवदहका राजा राजा दण्डपानी विच भएको बर्ताले दुवै क्षेत्रका नागरिकहरु विच आपसी सदभाव कायम भएको थियो । सबै नागरिक खुशी भएका थिए ।

माथिको यो प्रसङ्ग शिवराज नगरपालिकाको भवन निर्माण घाटनसग जोडन सकिन्छ । शिवराज नगरपालिकाको भवन निर्माण घटनाले कपिलवस्तुमा अहिले उग्र रुप लिएको छ । भवन निर्माण जस्तो सानो कार्यको चोक चौराहामा चर्चाको विषय बनेको छ ।
यो घटना सम्य पार्न जसरी राजा शुद्धोधनले आफनो नागरिक र देवदहका नागरिक विच अटल सुमधुर सामिप्यता गस्ना सफल भएका थिए । त्यसैगरी शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले पनि राजा शुद्धोधनले निर्वाह गरेको भुमीका निभाउनु उहाको दायित्व हो । नगरपालिकाको सिमा क्षेत्र भित्र बस्ने हरेक नागरिक शिवराजको हो । नगर प्रमुखको हो ।

विचाराधिन अवास्थामा रहेको शिवराज नगरपालिकाको भवन निर्माण कार्यमा थारु सामुदायले बुझाएको ज्ञापन पत्र बुझने कार्यमा समेत नगर प्रमुख चुकेको आम बुझाइ रहेको छ । ज्ञापन पत्र बुझने सन्दर्भमा उत्तर गाँउ वा थारु सामुदायको पक्षमा नगर प्रमुख प्रस्तुत हुनु नै अन्य सामुदायलाई बहेस गर्ने कार्य भएको संकेत बुझन कति पनि गह्रो छैन ।

अदालतमा रहेको कुनै घटनाको बारेमा बहिर क्रियाकलाप गर्नु बोल्नु अदालतको अपहेलना गर्नु हा,े यो सर्वविदितै छ । यस अवस्थामा नगर प्रमुखले एक समुदायलाई ज्ञापन पत्र बुझाएर ठिक गर्नु भयो भन्दा अन्य तथा दक्षिण भेगका समुदायलाई उपेक्षीत गर्ने कार्य भएको महसुस गर्न सकिन्छ । नगर प्रमुखको यो भनाईले उत्तरका नागरिक मात्र नगरपालिकाका हुन दक्षिणका होइन्न भन्ने कुराले प्रसय पाएको छ ।
यस अवस्थामा नगर प्रमुखले थारु समुदायले बुझाएको ज्ञापन पत्र नगरपालिको को अन्य कोहीलाई बुझन लगाई यस विषयमा नबोलेको भए उपयुक्त हुन्थ्यो । किनकी उत्तर दक्षिण पुर्व पश्चिम सबै क्षेत्रका नागरिक नगरवासी हुन । सबैको अधिकार समान रहेको छ ।

सबै नागरिक नगरपालिकाकै हुन । उतरको नागरिक नगरवासी र दक्षिणका नागरिक अप्रवासी हुन की भन्ने भम्र उत्पन्न भएको छ । अझ दक्षिणका नागरिकहरुको मनमा आफुहरु नगरवासी होइनौ उतरका मात्र नगरवासी हुन भन्ने भम्र जन्माइदिएको छ ।
राजा शुद्धोधनले निर्वाह गरेको भुमीका नगर प्रमुख नेत्रराज अधिकारीले यस अवास्थामा निर्वाह गर्नु पर्ने हो ।

किनकी सबै नगरवासी नगरपालिकाका हुन सबैले नगरपालिका प्रती आफ्नो कर्तव्य निर्वाह गरेका छन । जसरी रोहणी नदीको पानी कपिलवस्तु र देवदहका नागरिकहरुले समान रुपले प्रयोग गर्न पाए । त्यसैगरी शिवराजका नगरपालिका उतर दक्षिण पुर्व पश्चिमका नागरिकलाई समान व्यहार गर्नु पर्ने हो । सबै नागरिक नगरवासी हुन समान व्यहार गर्दा पक्कै पनि सबैको भवनात्मक एकता हुन्थ्यो कि । रहयो सवाल भवन निर्माणको त्यसका लागि सम्मानित अदालतले नै निर्णय गर्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP