Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

उपत्यकामा पुनः कोभिड संक्रमण, आइसीयूमा उपचार गराउँदै संक्रमित


काठमाडौँ: शून्य संख्यामा झरेको कोभिड -१९ का संक्रमित पुनः बढ्न थालेका छन्। पछिल्लो एक हप्तायता मात्रै काठमाडौँ उपत्यकामा दर्जनभन्दा बढीमा कोभिड संक्रमण देखिएको छ।

संक्रमित देखिन थालेसँगै अस्पतालमा पुग्ने र भर्ना गरेर उपचार गर्नुपर्ने विरामी बढ्न थालेका छन्।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत एक हप्तामा मात्रै १० जना कोभिड संक्रमणमा विरामी भर्ना भएर उपचार गएका थिए। अहिले पनि टेकु अस्पतालको आइसियुमा दुईजना संक्रमितको उपचार भइरहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए। डा. बसौलालले भने‚ ‘गत एक हप्तामा १० जना जति कोभिड संक्रमित भर्ना भएर उपचार गराउनुभयो। अहिले पनि हाम्रोमा २ जना संक्रमितको आइसीयूमा राखेर उपचार भइरहेको छ।’

घाँटी दुख्ने, नाकबाट पानी बग्ने, आलस्य हुने, शरीर दुख्ने ,जाडो महसुस हुने, कडा खालको रुघाखोकी, ज्वरोको समस्या देखिएपछि एक हप्तासम्म पनि घरमा आराम गर्दा सन्चो नभएपछि अस्पताल पुगेका विरामीको पिसिआर परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको र संक्रमण देखिएपछि छातीको एक्सरे गर्दा निमोनिया समेत भएको पाइएको हुँदा यस्ता विरामीलाई भर्ना गरेर उपचार गरिएको समेत निर्देशक डा. बसौलालले बताए।

५० वर्षमाथिका दम खोकीको समस्या भएकामा जाँच गर्दा कोभिड देखिएको बताए। उनले कुन भेरियन्ट हो भनेर हालसम्म परीक्षण नगरिएको हुँदा नयाँ भेरियन्ट हो कि पुरानै भेरियन्ट हो भनेर पुष्टि भने नभएको उनले बताए।

‘कडा खालका इन्फ्लुएन्जा’ भाइरस (फ्लू)का लक्षण लिएर अस्पताल आउने संख्या अहिले बढ्दो छ। यसरी आउनेमा केहीमा श्वासप्रश्वासको समस्या पनि देखिएपछि पिसिआर परीक्षण गर्दा कोभिड पुष्टि भएको हो। कोभिड पुष्टि भएकाहरूलाई हामीले अस्पतालमै राखेर उपचार गरेका छौँ। हाम्रो अस्पतालमा मात्रै होइन उपत्यका अन्य अस्पतालहरूले पनि कोभिड पोजेटिभ आएपछि हाम्रोमा रिफर गर्न थाल्नु भएको छ’‚ डा. बसौलाले भने।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपत्‌कालीन तथा विपद् व्यवस्थापन एकाइमा पनि पछिल्ला दिनमा कोभिड संक्रमित भेटिन थालेका छन्। उक्त एकाइका उपेन्द्र ढुंगाना एक हप्तायता सीमाक्षेत्र तथा ठूला अस्पतालबाट कोभिड संक्रमित भेटिन थालेको बताउँछन्।

पछिल्लो समय कोभिड -१९ मत्थर हुँदै जाँदा कोभिडविरुद्धको खोप लगाउने, सावधानी अपनाउने कार्यमा समेत आम नागरिकले बेवास्ता गरेका छन्। जसले गर्दा मौसम परिवर्तन हुने यो समयमा फ्लूसँगै कोभिड संक्रमण बढ्न थालेको छ।

कोभिड संक्रमण पनि रैथाने संक्रमण जस्तै समुदायमा रहेको हुँदा मास्क लगाउने तथा अन्य जनस्वास्थ्यका मापदण्ड पालना गरिरहनुपर्ने विज्ञहरूले बताउँदै आएका छन्।

कोभिड संक्रमण मत्थर हुँदै गए पनि स्वास्थ्य सेवा विभागले आगामी वैशाखभित्र कोभिडविरुद्धको थप १६ लाख मात्रा फाइजर खोप ल्याउने तयारी गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP