Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बढ्दै छ मानव मस्तिष्कको आकार


काठमाडौँ : समयसँगै मानव मस्तिष्कको आकार विस्तारै विस्तारै बढिरहेको अध्ययनले देखाएको छ। योसँगै मानव मस्तिष्कको आकार विस्तारै बढ्दै छ : जामा न्यूरोलोजी रिपोर्ट दावी – यसले डिमेन्सियाको जोखिम कम गर्न सक्ने समेत अध्ययनले देखाएको छ। जामा न्यूरोलोजीमा प्रकाशित एक अनुसन्धान रिपोर्टमा यो कुरा उल्लेख गरिएको छ। अनुसन्धानमा ५५ देखि ६५ वर्ष उमेरबीचका ३ हजार अमेरिकीको मस्तिष्कको तस्विर लिइएको थियो।

जसमा सन् १९७० को दशकमा जन्मिएका मानिसको ब्रेन भोल्युम सन् १९३० को दशकमा जन्मिएका मानिसहरूको तुलनामा ६.६ प्रतिशत ठूलो पाइएको छ। रिपोर्टमा यो पनि पाइएको छ कि वाइट म्याटरको मात्रा ८ प्रतिशत बढी र ग्रे म्याटर सरफेस एरियाको मात्रा १५ प्रतिशत अधिक थियो। हिप्पोक्याम्पस भोल्युममा पनि ५.७ प्रतिशतको बढोत्तरी पाइएको थियो। हिप्पोक्याम्पस मेमोरी र लर्निङमा प्रमुख भूमिका निभाउँछ। न्यूरोलोजिष्ट चार्ल्स डेकार्ली मस्तिष्कको आकार निर्धारित गर्न जेनिटिक्स प्रमुख भूमिका निभाउने बताउँछन्।

तर यो अनुसन्धानबाट थाहा भयो कि बाहिरी प्रभाव जस्तोः स्वास्थ्य, सामाजिक, सांस्कृतिक र शैक्षिक फ्याक्टर पनि यसमा भूमिका निभाउन सक्छन्।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्यांकअनुसार हाल विश्वभर ५.५ करोड मानिस डिमेन्सियाबाट पीडित छन्। तीमध्ये ६० प्रतिशत मानिस मध्यम आय भएका देशमा रहन्छन्। बिर्सने विरामी धेरैजसो वृद्धमा हुने गर्छ। यदि मस्तिष्कको आकार घटिरहेको छ भने यो डिमेन्सियाको सुरुवाती लक्षण हुन सक्छ। मस्तिष्कको आकार मेन्टेन रहनु वा यो बढ्नु न्यूरोप्रोटेक्टिभ प्रभाव हो। यो राम्रो स्वास्थ्यको संकेत मानिन्छ। दैनिक आधा घण्टा हिँडडुल गरेर आफ्नो दिमागको स्वास्थ्यलाई राम्रो राख्न सकिन्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP