Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

विश्वकपको यात्रा गर्नु खुसीको क्षण : प्रशिक्षक मोन्टी देसाई


काठमाडौँ : नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुशीको क्षण रहेको उल्लेख गर्दै सबै जना नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताएका छन्।

आइसिसी टी–२० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग टी–२० प्रतियोगिता खेल्ने जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा प्रशिक्षक देसाईले उक्त धारणा राखेका हुन्।

नेपालले विश्वकपअगाडि संयुक्त अरब इमिरेट्स (युएई) मा एसिसी प्रिमियर लिग तथा भारतका बडोदा र गुजरातको टोलीसँग एसएमएस फ्रेण्डसिप कप खेल्दै छ। सोही प्रतियोगिताअगाडिको बिदाइ कार्यक्रममा देसाईले एसिसी प्रिमियर कपअगाडि भारतमा हुने प्रतियोगिता नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गरे।

यो प्रतियोगिताका लागि क्यानले पनि धेरै मेहनत गरेको प्रशिक्षकको भनाइ छ। डिफेन्डिङ च्याम्पियनका रूपमा एसिसी प्रिमियर लिगको यस संस्करणमा सहभागी हुने भएकाले आफ्नो टोली उत्साहित रहेको बताए। डिफेन्डिङ च्याम्पियनको लक्ष्य पनि तय भइसकेको उनले बताए। मोन्टीले पछिल्लो वर्ष नेपालका लागि राम्रो रहेको र आगामी वर्ष पनि राम्रो रहने विश्वास व्यक्त गरे।

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार रकममध्ये ५०/६० प्रतिशत मात्र पाएको उल्लेख गर्दै ट्वान्टी–२० विश्वकपअगाडि नै ती पुरस्कार पाउनेमा आफू विश्वस्त रहेको बताए। एसिसी प्रिमियर कप महत्त्वपूर्ण रहेको बताउँदै रोहितले राम्रो नतिजासहित देश फर्कने विश्वास व्यक्त गरे।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पाउनुपर्ने कुरा समयमा नपाउँदा मन मर्नसक्ने उल्लेख गर्दै उत्कृष्ट मनोबलका साथ खेल्न शुभकामना दिए। साथै उनले खेलकुदलाई नयाँ ढंगबाट अगाडि बढाउन आफू लागिपरिरहेको धारणा राखे। क्यानका सचिव पारस खड्काले टी–२० विश्वकप तयारीका क्रममा रहेकाले गुजरातमा हुने प्रतियोगिता महत्त्वपूर्ण हुने बताए। क्यानले बिहीवार खेलाडीको बिदाइ गरेको हो।

बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, क्यान सचिव पारस खड्का, महाप्रवन्धक उत्सव ढुंगाना लगायतको उपस्थिति थियो। फ्रेण्डसिप कप उक्त आगामी मार्च ३१ देखि अप्रिल ७ सम्म हुनेछ। नेपालले मार्च ३१ र अप्रिल ३ मा गुजरात तथा अप्रिल २ र ५ मा बडोदासँग खेल्नेछ। लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।

यो प्रतियोगिताअघि नेपालले घरेलु मैदानमा आयरल्याण्ड ‘ए’विरुद्ध दुई खेलको शृंखलामा ‘क्लिन स्विप’ गरेको थियो। टी–२० विश्वकप जुन १ देखि अमेरिका र वेस्टइण्डिजमा शुरु हुँद ैछ। समूह ‘डी’मा नेपाल, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP