आयरल्यान्ड ‘ए’ विरुद्ध शृंखला : नेपालले जितका लागि दियो २१४ रनको लक्ष्य

काठमाडौँ : टी-२० शृंखलाको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले जितका लागि २१४ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनाएपछि आयरल्याण्ड ‘ए’ ले जितका लागि रनको लक्ष्य पाएको हो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक अविजित ९३ रन बनाए। उनले ४८ बल खेलेर ६ छक्का र ७ चौका हान्दै रन बनाए। आरिफ शेखले २९ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए।

राशिद खानले २४ रन बनाए भने कमलसिंह ऐरीले ७ बलमा १ छक्का र २ चौका हान्दै अविजित १९ रन बनाए।

घरेलु टोली नेपाल ‘ए’ ले टी-२० शृंखलाको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्ड ‘ए’ ले टस जितेर फिल्डिङ गर्ने भएपछि पहिले ब्याटिङ गरेको थियो।

नेपालको ब्याटिङको ओपनिङ गरेका लोकेश बम ७ बलमा ८ रन र अर्का ओपनर देव खनाल ७ बलमा नै ६ रन बनाएर आउट भए।

नेपाल ‘ए’ ले कप्तान विनोद भण्डारीका रुपमा तेस्रो विकेट गुमाएको थियो। उनले ८ बलको सामना गरेर ११ रन बनाउँदै फियोन ह्यान्डको बलमा बोल्ड भए। यतिवेला नेपालको स्कोर ५ ओभरमा ३५ रन थियो।

बशिर अहमदका रुपमा नेपाल ‘ए’ को चौथो विकेट खस्यो। उनले २१ बल खेलेर ३ चौका हान्दै १९ रन बनाएर गेविन होएको एलबिडब्ल्यू धरापमा परे। उनी आउट हुँदा नेपालको स्कोर १० ओभर २ बलमा ८० रन थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP