Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

एसएमएस फ्रेन्डशिप कप : नेपालले गुजरातलाई जितका लागि १८२ रनको लक्ष्य


काठमाडौँ : भारतमा जारी एसएमएस फ्रेन्डशिप कपअन्तर्गत लिगको चौथो खेलमा पहिले ब्याटिङ गरेको नेपालले गुजरातलाई जितका लागि १८२ रनको लक्ष्य दिएको छ।

गुजरातको वापीस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा गुजरातले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८१ रन बनाएको हो।

नेपालका लागि ओपनर ब्याट्सम्यान द्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि १२५ रनको साझेदारी गर्दै नेपाललाई सुदृढ शुरुवात दिलाए पनि मध्यक्रमका ब्याटरले त्यसको फाइदा उठाएर स्कोर २०० रन पार गर्न सकेनन्।

भुर्तेल ४४ बलमा ६७ रन बनाएर आउट भए। शेख ५१ बलमा ८५ रन बनाएर क्याच आउट भए। उनी नेपालको स्कोर बढाउन छक्का हान्ने प्रयासमा क्याच आउट भए।

कप्तान रोहित पौडेलले आज दोहोरो अंकमा रन बनाउन सकेनन्। उनी ७ बलको सामना गरेर ३ रनमा आउट भए।

त्यसपछि क्रिजमा आएका कुशल मल्ल पनि १ बलमा १ रन बनाउँदै दोस्रो बललाई थर्डम्यानमा क्याच थमाएर आउट भए।

पाँचौँ विकेटका रुपमा सन्दीप जोरा २ बलमा २ रन बनाएर बोल्ड भए।

गुलशन झा बलमा २ रन बनाएर नेपालको कुल स्कोर १७७ रन हुँदा अन्तिम ओभरमा आउट भए।

गुलशन आउट भएलगत्तैको बलमा नेपालको सातौँ विकेटका रुपमा अनिल साह क्याच हुँदै डक आउट भए।

प्रतिश जिसी ३ बलमा ४ रन बनाएर अविजित रहे भने विवेक यादव ५ बलमा ७ रन बनाएर अविजित रहे।

नेपालले अतिरिक्त ८ रन पाएको थियो।

गुजरातका लागि ३ विकेट‚ आर्या देसाई र ध्रुशान्त सोनीले २/२ विकेट लिए।

नेपालले आजको खेलमा करण केसी र दीपेन्द्रसिंह ऐरीलाई विश्राम दिएर विवेक यादव र प्रतिश जिसीलाई मैदानमा उतारेको छ।

नेपालले यसअघि खेलेका दुवै खेल जितेर ४ अंक जोड्दै शीर्षमा रहेको छ भने गुजरातले एउटा खेलमा जित र एउटामा हारसहित २ अंक जोडेको छ। बरोडाले खेलेका दुवै खेल हारेर अंकविहीन रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP