Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

धनकुटामा जिल्लास्तरीय लिग हुने


धनकुटा : धनकुटामा जिल्लास्तरीय ए डिभिजन लिग फुटबल आगामी वैशाख १९ गतेदेखि हुने भएको छ। धनकुटा फुटबल संघको पत्रकार सम्मेलनको आयोजना गरेर वैशाख १९ देखि २२ गतेसम्म डाँडाबजार खेलमैदानमा प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो।

ए डिभिजन जिल्ला लिगमा धनकुटाका ६ टिमले प्रतिस्पर्धा गर्ने जिल्ला फुटबल संघका अध्यक्ष मणि चेम्जोङले जानकारी दिए।

यस्तै, आगामी बैशाख ३० देखि धनकुटाको टुँडिखेलमा जिल्ला स्तरीय बी डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ। धनकुटा फुटबल संघकै आयोजनामा हुने बी डिभिजन लिग प्रतियोगितामा धनकुटा १० वटा फुटबल टिमको सहभागिता हुने आयोजकले जनाएको छ। धनकुटा फुटबल संघमा आवद्ध १६ टिममध्ये ६ टिम ए डिभिजनमा र १० टिम बी डिभिजनमा रहेका छन्।

ए डिभिजन लिग विजेताले नगद ४० हजार रुपैयाँ र उपविजेताले नगद २० हजार रुपैयाँ मेडल कप प्राप्त गर्नेछन्। यस्तै ए डिभिजनमा अन्तिम हुने टीम रेलिग्रेसनमा परेर बी डिभिजनमा घटुवा हुने छ भने बी डिभिजन विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार मेडल कप प्राप्त गर्ने आयोजकले जनाएको छ।

यस्तै बी डिभिजन विजेता ए डिभिजनमा बढुवा हुनेछ। प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ एन्फाले एक लाखको खेल सामग्री र नगद ६ लाख रुपैयाँ सहयोग गर्ने जिल्ला फुटबल संघका अध्यक्ष चेम्जोङले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP