Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एसीसी प्रिमियर कप : नेपालसामु जितका लागि ११५ रनको मध्यम लक्ष्य


एक खेलअगावै नेपाल सेमिफाइनल पुग्ने दाउमा

काठमाडौँ : एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपालसामु जितका लागि ११५ रनको मध्यम लक्ष्य तेर्स्याएको

ओमानको अल अमिरात मैदानमा जारी खेलमा टस जितेर नेपालले फिल्डिङ गर्ने निर्णय लिएपछि पहिले ब्याटिङमा तानिएको हङकङ १७ ओभर ५ बलमा अलआउट हुँदै ११४ रनमै समेटियो।

हङकङका लागि अन्श्या रथले सर्वाधिक ३४ तथा जिशान अलीले १४ रन जोडे पनि अन्य ब्याटरले सम्झन लायक प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए। दिपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले २/२ विकेट लिँदा करण केसीले एक विकेट हात पारे।

पानी परेका कारण खेललाई १८ ओभरमा झारिएको थियो। नेपालले अतिरिक्त ८ रन दिएको थियो।

११५ रनको लक्ष्य पछ्याएको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।

ताजा अवस्थामा नेपालले ४ ओभरको खेल सकिँदा ५१ रन बनाएर खेलिरहेको छ। कुशल भूर्तेल ३० रन र आसिफ शेख २० रनमा खेलिरहेका छन्।

आजको खेल जित्दै नेपाल एक खेल खेल्नुअघि नै सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ।

नेपालले पहिलो खेलमा मलेशियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP