Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

एसीसी प्रिमियर कप : एक खेलअगावै नेपाल सेमिफाइनलमा‚ ८ विकेटले हङकङ पराजित


काठमाडौँ : एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले हङकङविरुद्धको खेल ३४ बल खेल्न बाँकी रहँदै ८ विकेटले जितेको छ।

हङकङले जितका लागि दिएको ११५ रनको लक्ष्य नेपालले २ विकेटमात्र गुमाएर पूरा गर्दै एक खेल खेल्न बाँकी रहँदै ३ खेलबाट ६ अंक जोडेर सेमिफाइनलमा पुगेको हो।

नेपाललाई जितका लागि २ रन चाहिएको अवस्थामा कप्तान रोहित पौडेलले विजयी चौका प्रहार गरेका थिए। उनले अविजित रहँदै २० बलमा २५ रन बनाउने क्रममा ३ चौका प्रहार गरे। यस्तै अर्को छेउमा अविजित रहेका सन्दिप जोराले १७ बलमा १९ रन बनाए। उनले १ छक्का र १ चौका प्रहार गरे।

यसअघि ३२ रन बनाएर ओपनर ब्याटर कुशल भुर्तेल छैटौँ ओभरमा आउट भए। उनी आउट भएलगत्तै अर्को ओभरमा ४० रन बनाएर अर्का ओपनर आशिफ शेख पनि आउट भए।

नेपालको कुल स्कोर ५ ओभर ३ बलमा ७० रन हुँदा कुशल भुर्तेल आउट भए। उनले आफ्नो पालीमा १९ बल खेलेर २ छक्का र ३ चौकाको मद्दतले ३२ रन बनाए।

आशिफले १८ बल खेलेर ३ छक्का र ३ चौका प्रहार गरे। उनी सातौँ ओभरको अन्तिम बलमा आउट हुँदा नेपालको कुल स्कोर २ विकेटमा ७६ रन थियो।

हङकङका लागि एहशान खान र यासिम मुर्तजाले १/१ विकेट लिए।

यसअघि ओमानको अल अमिरात मैदानमा जारी खेलमा टस जितेर नेपालले फिल्डिङ गर्ने निर्णय लिएपछि पहिले ब्याटिङमा तानिएको हङकङ १७ ओभर ५ बलमा अलआउट हुँदै ११४ रनमै समेटियो।

हङकङका लागि अन्श्या रथले सर्वाधिक ३४ तथा जिशान अलीले १४ रन जोडे पनि अन्य ब्याटरले सम्झन लायक प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए। दिपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले २/२ विकेट लिँदा करण केसीले एक विकेट हात पारे।

नेपालले पहिलो खेलमा मलेशियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP