
ललितपुर : अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा भाग लिन नेपाली टोली आइतबार चीन प्रस्थान गर्ने भएको छ।
अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा अप्रिल २१ देखि २६ तारिकसम्म जियाङ्सु प्रान्तको जियानझिङमा हुने प्रतियोगितामा २० सदस्यीय नेपाली उसु टोली त्यसतर्फ जाने भएको हो।
यो प्रतियोगिताबाट उत्कृष्ट नतिजा ल्याउने खेलाडीले आगामी अक्टोबरमा जापान र नोभेम्बरमा अष्ट्रेलियामा हुने उसुको विश्वकप प्रतियोगितामा छनोट हुन पाउने नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङले बताए। जापानमा थाउलो विश्वकप र अष्ट्रेलियामा सान्सौ विश्वकप हुनेछ।
चीन जाने टोलीको नेतृत्व महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले गर्नेछन्।
उसु थाउलो विधामा अन्तर्राष्ट्रिय स्तरमै ख्याती पाएका विजय सिंजाली, दिपक हमाल, पासाङ शेर्पा, राजिब तामाङ, निमा घर्तीमगर, सविता राईले प्रतिस्पर्धा गर्नेछन्।
यस्तै उसु सान्सौ विधामा किरण सिंह सावदले ९० केजीमा, सञ्जीव महर्जनले ८० केजीमा, समन घुस्रीले ७० केजी, अमर सुनारले ६५ केजीमा र रोहित चुनारोले ५६ केजीमा प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै सोही विधाको महिलामा विद्या गुरुङले ५६ केजीमा, नविना विकले ५२ केजीमा र लुमन्ती श्रेष्ठले ६५ केजीमा भिडन्त गर्नेछन् ।
चीन जाने टोलीमा प्रशिक्षकमा निकेश श्रेष्ठ (पुरुष), जुनी राई (महिला) करुणा महर्जन (महिला) छन् । यस्तै अवजर्भवमा साम्देन शेर्पा (बोर्ड सदस्य) र जजमा मन्जुर महर्जन रहनेछन्।
प्रतियोगितामा सहभागी हुने टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बिदाइ गरेको छ। राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एनओसीका अध्यक्ष जिवन राम श्रेष्ठले शुभकामनासहित बिदाइ गरेका हुन्।
सहभागी हुने खेलाडी तथा पदाधिकारीलाई महासंघले एक जोर ट्रयाकसुट समेत वितरण गरेको छ। टोली आइतबार बिहान ११ बजेको विमानबाट चीनतर्फ प्रस्थान गर्नेछ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया