Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

दैलेखका सबै स्थानीय तहमा आयुर्वेद सेवा


दैलेख : दैलेखका सबै स्थानीय तहमा आयुर्वेद स्वास्थ्यसेवाको पहुँच विस्तार भएको छ। नागरिकलाई सहज रूपमा आयुर्वेद स्वास्थ्यसेवा उपलब्ध गराउने उद्देश्यले यहाँका ११ वटै स्थानीय तहमा आयुर्वेद स्वास्थ्यसेवा विस्तार गरिएको हो।

यहाँका ११ स्थानीय तहमध्ये तीनवटा स्थानीय तहमा यसअघि आयुर्वेद स्वास्थ्यसेवा सञ्चालनमा रहेको थियो। बाँकी आठवटा स्थानीय तहमा आयुर्वेद स्वास्थ्यसेवा दिनका लागि नागरिक आरोग्य सेवाकेन्द्र स्थापना गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका निमित्त कार्यालय प्रमुख रामप्रसाद महतोले बताए।

सर्वसाधारणलाई उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना बढाउने लक्ष्यका साथ यहाँका सबै स्थानीय तहमा आयुर्वेद स्वास्थ्यसेवा विस्तार गरिएको महतोको भनाइ छ।

‘तीनवटा स्थानीय तह नारायण नगरपालिका, नौमूले गाउँपालिका र दुल्लु नगरपालिकामा पहिलेदेखि सेवा दिँदै आएका छौँ। अन्य आठ स्थानीय तहमा आयुर्वेद स्वास्थ्यसेवा दिन नागरिक आरोग्य सेवाकेन्द्र स्थापना गरिएको हो’, उनले भने।

नागरिक आरोग्य सेवाकेन्द्रमार्फत नागरिकले आरोग्य सेवाकेन्द्रबाट उपचारात्मक सेवा, निरोगी रहन स्वस्थ जीवन कार्यक्रम, योग, पञ्चकर्म, स्तनपायी आमालाई दूधवर्धक औषधि वितरण लगायतका सेवा उपलब्ध गराइने निमित्त कार्यालय प्रमुख महतोले बताए।

भैरवीमा नागरिक आरोग्य सेवाकेन्द्र स्थापना भएसँगै नागरिकलाई आयुर्वेद सेवा लिन सहज भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र थापाले बताए। उनले नागरिक आरोग्य सेवाकेन्द्रलाई निरन्तरता दिन चुनौती रहेको बताउँदै स्वस्थ रहन आयुर्वेद उपचार महत्त्वपूर्ण रहेको बताए।

दैलेखमा पछिल्ला वर्षमा आयुर्वेद स्वास्थ्यसेवा लिनेको संख्या बढ्दै गएको देखिन्छ। नागरिकले आयुर्वेद उपचारको महत्त्व बुझेसँगै सेवा लिनेको संख्या बढ्दै गएको आयुर्वेद स्वास्थ्यकेन्द्र दैलेखका निमित्त कार्यालय प्रमुख महतोले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP