Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

वैशाख ३१ गते विशेष खोप अभियान संचालन हुँदै


नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि


काठमाडौँ : नियमित खोपअन्तर्गत ५ वर्षमुनिका बालबालिकाहरुले लगाउन छुटेको खोप लगाउने विशेष खोप अभियान संचालन हुने भएको छ।

राष्ट्रिय खोप तालिकाअनुसार जन्मिएको १५ महिनाभित्र लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई आगामी वैशाख ३१ गते देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट नियमित खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैअनुरुप नजिकैको स्वास्थ्य संस्थामा गई आ-आफ्ना बालबालिकालाई छुटेको नियमित खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।

नेपालमा ५ वर्षमुनिका बालबालिकालाई क्षयरोगविरुद्ध बीसीजी‚ डीपीटी‚ हेप/बि-हिब‚ पोलियोको खोप‚ दादुरा-रुबेलाजस्ता रोगविरुद्धका सातवटा खोप नियमित खोपअन्तर्गत लगाइँदै आएको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले २३ महिनासम्मका बालबालिकामा लगाउनुपर्ने क्षयरोगविरुद्धको बीसीजी खोप‚ डीपीटी‚ हेप/बि-हिब पोलियोको खोप‚ दादुरा-रुबेलाविरुद्धका लगाउनैपर्ने खोप ५ वर्षमा ४ प्रतिशत बालबालिकालाई नलगाइएको पाएको थियो।

यसरी नेपालमा पछिल्ला वर्षहरुमा नेपालमा बालबालिकामा लगाइने खोपको कभरेज घट्दो अवस्थामा रहेको हुँदा स्वास्थ्य मन्त्रालयले विशेष खोप अभियान संचालन गर्न लागेको हो।

यद्यपि यसअघि सन् २०१६ को यही सर्वेक्षणमा १ प्रतिशत बालबालिकाले मात्रै कुनै पनि खोप लगाएका थिएनन्। सन् २०११ मा ३ प्रतिशत, सन् २००६ मा ३ प्रतिशत, सन् २००१ मा १ प्रतिशत र सन् १९९६ मा २० प्रतिशतले कुनै पनि खोप लगाएका थिएनन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP