Trending
राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ? राजनीति प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान समाज भूमि बैंक र उद्योग निजीकरणविरुद्ध किसान आन्दोलनको चेतावनी स्वास्थ्य आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखिए देशभर सेवा ठप्प पार्ने चेतावनी समाज मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्रीसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर राजनीति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित राजनीति सरकार ‘शुभकामना’ दिन पनि योग्य छैन : पूर्वमुख्यमन्त्री राई राजनीति मझौला उद्योग व्यवसायीको ब्याज र हर्जाना छुट गरिदिन सांसद तिमल्सेनाको आग्रह स्वास्थ्य वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : मन्त्री पौडेल

पोखराको होटल सरोवर र किङस लाउन्जमा प्रभु बैंकका ग्राहकलाई छुट


काठमाडौँ : पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर प्रालि र किङस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीलाई विशेष छुट दिने सम्झौता भएको छ।

जेठ ८ गते होटल सरोवरका तर्फबाट मुख्य प्रबन्धक प्रतीक पहारी, किङस लाउन्ज पोखराका तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट गण्डकी प्रदेश प्रमुख राजु राना मगरले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतानुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारले होटल सरोवरमा आवास, खाना, मनोरञ्जन‚ सभाहल‚ पौडी र किङस लाउन्जमा खाना, खाजा‚ मनोरञ्जन सुविधामा विशेष छुट पाउनेछन्। प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै पाउनेछन्।

नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि संलग्न प्रा.डा. भरत पहारीद्वारा सञ्चालित होटल सरोवरले पोखराको लेकसाइडमा एकै छानामुनि अत्याधुनिक सेवा सुविधा उपलब्ध गराउँदै आएको छ। किङस लाउन्ज पोखरा युवा तथा संगीतप्रेमी लक्षित होटल तथा रेष्टुराँको रूपमा चर्चित छ।

‘विश्वास लिन्छौं विश्वास दिन्छौं’ मूल नारा रहेको प्रभु बैंक अग्रणी बैंकका रूपमा रहेको छ। प्रभु बैंक ‘बैंक अफ द इयर २०२३’ उपाधिबाट सम्मानित छ। बैंकले नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।

समारोहमा प्रभु बैंक गण्डकी प्रदेशका सञ्चालन जोखिम अधिकृत ज्योतिकृष्ण लामिछाने, प्रदेश व्यापार प्रबन्धक विक्रम गिरी, होटल सरोवरका म्यानेजर मनीष श्रीवास्तव तथा किङस लाउन्ज पोखरा प्रबन्धक मदन श्रेष्ठ लगायत उपस्थित थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP