Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्ने विज्ञ समूहको निष्कर्ष



काठमाण्डौ – नेपाल कुखुरा व्यवसायी मञ्चले बनाएको विज्ञ समूहले अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा हुने निष्कर्ष निकालेको छ । अहिले किसानले औषतमा प्रतिगोटा १५ रुपैयाँ ३३ पैसा पाउने गरेका छन् ।

यो किसानले पाएको अहिलेसम्मकै उच्च मूल्य हो । डेढ वर्षअघि किसानले अण्डा प्रतिगोटा आठ रुपैयाँमा बिक्री गर्न बाध्य थिए । कुखुरापालक किसानले अण्डाको लागत मूल्य नपाएको गुनासो बढेपछि अण्डाको वैज्ञानिक लागत मूल्य खोज्न मञ्चले विज्ञ समूह बनाएको हो ।

पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराई, कृषि तथा वन विज्ञान विश्व विद्यालयका सहप्राध्यापकहरु डा. रेवन्त भट्टराई, डा. सुविर सिंह, उपप्राध्यापक डा. अनन्त दाहाल र डा. विष्णु पोखरेल समूहले अण्डाको वैज्ञानिक लागत मूल्य निकालेको हो । कम मूल्यमा अण्डा बिक्री गर्नु परेपछि धेरैजसो किसान विस्थापित हुन थालेपछि लागत मूल्यको खोजी गरिएको मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

मञ्चले लागत मूल्यका बारेमा स्थानीयस्तरमा सरकारी र निजी क्षेत्रसँग छलफल गरेर समर्थन मूल्य निर्धारणका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको लामिछानेले जानकारी दिनुभयो । फार्म निर्माण, चल्ला खरिद, दानाको खपत, बैंक ब्याज, औषधि, मजदुरलगायतको खर्च समेटेर लागत मूल्य तय गरिएको हो ।

नेपालमा धेरै उत्पादन हुँदा दैनिक ६० लाख वटासम्म अण्डा उत्पादन भएको अनुमान छ । अहिले दैनिक २८ लाख मात्रै अण्डा उत्पादन हुँदै आएको मञ्चले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP