साउदी प्रो लिगमा रोनाल्डोको सर्वाधिक गोलको कीर्तिमान



अल नासरका फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगको एकै सिजनमा ३५ गोल गरेर सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । गएराति भएको खेलमा अल नासरले अल इत्तिहादलाई ४–२ ले पराजित गरेको खेलमा रोनाल्डोले दुई गोल गरे ।

योसँगै उनी साउदी प्रो लिगमा यो सिजनको सर्वाधिक गोलकर्ता बनेका छन् । रोनाल्डोले यो सिजन साउदी प्रो लिगमा ३१ खेलमा ३५ गोल गरे । यसअघि अल नासरका अब्देरराजक हमदल्लाहले सन् २०१८/१९ को सिजनमा ३४ गोल गरी कीर्तिमान बनाएका थिए ।

यो सिजन रोनाल्डोको व्यक्तिगत प्रदर्शन उच्च रहे पनि टोलीलाई उपाधि दिलाउन भने सकेनन् । साउदी प्रो लिगको उपाधि यसअघि नै अल हिलालले जितेको थियो । अल नासरले दोस्रोमा रहेर लिग टुङग्याएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP