Trending
राजनीति नागरिकप्रति नकारात्मक नहुनुस् : कर्मचारीलाई मुख्यमन्त्रीको आग्रह खेल लामाचौर कप पुरुष भलिबको उपाधि पुलिसलाई राजनीति ५० करोडभन्दा माथिका भ्रष्टाचारमा ठूला दलबीचमा राष्ट्रिय सहमति हुने गरेको छ : घनश्याम भुषाल राजनीति नेपाल–भारत समस्या समाधान गर्न मन फराकिलो बनाएर संवाद गर्नुपर्छ : प्रधानमन्त्री राजनीति भारतको मणिपुरमा रकेट आक्रमण, विद्यालय बन्द गर्न आदेश राजनीति देशलाई बस्न लायक बनाऔँ : प्रधानमन्त्री ओली समाज पर्वत अस्पतालमा मध्यरातमा दुई गर्भवतीको आकस्मिक शल्यक्रिया राजनीति निजामती सेवा सेवाग्राही मैत्री हुनुपर्छ : मुख्यसचिव अर्याल अन्तर्राष्ट्रिय वेस्ट बैङ्कमा अमेरिकी नागरिकको गोली लागी मृत्यु अन्तर्राष्ट्रिय पाकिस्तानका सरकारी कर्मचारीले अनुमतिबिना सामाजिक सञ्जाल चलाउन नपाउने

प्राचीन पर्खाल र इनारका संरचना भेटिएको खयरडाँडामा पुनः उत्खनन


लुम्बिनी : रुपन्देहीको देवदहस्थित खयरडाँडामा स्थानीय सरकारको साझेदारीमा आजदेखि पुनः उत्खनन सुरु गरिएको छ।

देवदह नगरपालिकाको आर्थिक तथा लुम्बिनी विकास कोष र पुरातत्व विभागको प्राविधिक सहयोगमा देवदह–९ स्थित खयरडाँडामा क्षेत्रमा उत्खनन सुरु गरिएको हो।

देवदह नगरपालिकाका नगरप्रमुख धुव्र खरेल र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले उत्खननको संयुक्त रुपमा शुभारम्भ गरे। बजेट अभावका कारण पुरातात्विकस्थलको उत्खनन, अन्वेषणमा हुन नसकिरहेको बेला देवदहले १० लाख बजेट छुट्याएपछि उत्खनन थालिएको हो।

स्थानीय पालिकाले साझेदारीमा उत्खनन गरेको यो पहिलो रहेको बताइएको छ। सो अवसरमा नगरप्रमुख खरेलले पुरातात्विक क्षेत्रको उत्खननमा देवदह नगरपालिकाले प्राथमिकताका साथ काम गर्ने बताए।

उनले स्थानीयसँगै देवदह क्षेत्रका पुरातात्विकस्थलको उत्खनन र अन्वेषणका लागि प्रदेश सरकारले समेत बजेट छुट्याउनुपर्ने बताउँदै त्यसका लागि आफूहरुले पहल गर्ने प्रतिबद्धता जनाए।

गत वर्ष जेठ १७ गतेदेखि गरेको उत्खननमा प्राचीन पर्खाल र प्राचीनतम इनारका संरचना फेला परेका थिए। लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख वरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा पाँच जनाको टोली उत्खननमा खटिएको छ।

पुरातत्व विभागका पुरातत्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञका रुपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिएका छन्। उत्खनन आगामी आगामी एक महिनासम्म चल्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP