लामाचौर कप पुरुष भलिबको उपाधि पुलिसलाई


पर्वत : पोखरामा आयोजित लामाचौर कप पुरुष भलिबल प्रतियोगितामा विभागीय सशस्त्र प्रहरी बललाई ३–२ को सेटमा पाखा लगाउँदै नेपाल पुलिस क्लबले उपाधि हात पारेको छ।

अघिल्लो संस्करणको उपविजेतामा चित्त बुझाएको पुलिसले यस संस्करणमा एपीएफ क्लबलाई पहिलो, तेस्रो र पाँचौँ सेटमा २५–१६, २५–१९ र १६–१४ पराजित गरेको हो। सशस्त्रले दोस्रो सेटमा २५–२१ र चौथो सेटमा २५–२२ को मात्रै जित निकाल्न सक्यो।

जीतसँगै नेपाल पुलिसले उपाधिसहित एक लाख ५० पुरस्कार प्राप्त गरेको छ भने उपविजेता एपीएफले एक लाख रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा चार टिमको सहभागिता रहेको थियो।

नव आदर्श विकास समाजको आयोजनामा संस्थाको २८ औँ वार्षिकोत्सवको अवसर पारेर संस्कृतिको संरक्षणसँगै मनोरञ्जन र खेलकुदलाई समेत जोडेर प्रतियोगिताको आयोजना गरिएको हो।

महोत्सवमा राष्ट्रिय भलिबल सहित अन्तर महिला समूह तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, औद्योगिक तथा विभिन्न व्यापारिक स्टलहरू, विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा राष्ट्रिय कलाकारको प्रस्तुति सँगै शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने स्रष्टालाई सम्मान र छात्रवृत्ति कार्यक्रमहरू सम्पन्न गरिएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP