Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

बढ्यो खेलकुदमा बजेट : क्रिकेट मैदानलाई महत्त्व दिँदा दशरथ रंगशालाबारे मौन


काठमाडौं : सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि साढे ३ अर्ब बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले मंगलवार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरेको बताएका हुन्। उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा यसपटक वृद्धि भएको हो।

सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई चालू आवमा २ अर्ब ८७ करोड ५९ लाख बजेट छुट्याएको थियो।

आगामी आर्थिक वर्षमा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन राष्ट्रिय टिमको तयारीका साथै खेलाडीलाई प्रोत्साहन गरिने सरकारको योजना रहेको छ।

यसैगरी, सरकारले आगामी आर्थिक वर्षमा विभिन्न विधाका ८० वटा खेल समावेश राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने लक्ष्य लिएको छ भने सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० करोड रुपैयाँ विनियोजन गरेको छ।

नेपालको मौलिक खेल एवं परम्परागत घोडचढी, डण्डीबियो, बाघचाललगायत खेलको प्रवर्द्धन गर्ने, आधुनिक प्रविधियुक्त ई–स्पोर्टसको अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने, काठमाडौं को मूलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्ने सरकारको लक्ष्य रहेको छ।

चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइनुका साथै खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने सरकारको योजना छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिने सरकारको योजना रहेको छ। सरकारले खेल पूर्वाधार निर्माणतर्फ १ अर्ब ३० करोड रकम विनियोजन गरेको छ।

फुटबल र दशरथ रंगशालाबारे सरकार मौन

आगामी आवको बजेटमा सरकारले खेलकुदतर्फ चालू आवभन्दा करिब ६२ करोड रुपैयाँ वृद्धि गरेको छ। तर सरकारले क्रिकेटलाई महत्व दिएर कीर्तिपुर, मूलपानी, फाप्ला र चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माणमा चासो दिँदै गर्दा नेपालको सबैभन्दा पुरानो फुटबल रंगशाला दशरथ रंगशालाबारे भने मौन देखिएको छ।

नेपालको मौलिक खेल एवं परम्परागत घोडचढी, डण्डीबियो, बाघचाललगायत खेलको प्रवर्द्धन गर्ने, आधुनिक प्रविधियुक्त ई–स्पोर्टसको आयोजना गर्ने भनेर उल्लेख गरे पनि सरकारले फुटबल भलिबललगायत अन्य खेलमा भने मौनता साधेको छ।

गत वैशाखमा एएफसीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अन्तरराष्ट्रिय प्रतियोगिता गर्न दशरथ रंगशाला अयोग्य रहेको पत्राचार गरेको थियो। त्योसँगै विश्वकप छनोट चरणमा बहराइनसँगको घरेलु मैदानमा खेल गुमाएको थियो र बहराइनमै होम एन्ड अवे दुवै खेल खेलेको थियो।

खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले एन्फा र राखेपबीच समन्वयको अभाव देखिएको र तीमध्ये फ्लडलाइटमा केही समस्या आएको उल्लेख गरेका थिए।

फिफा र एएफसीको मापदण्डअनुरूप स्टेडियम सेफ्टी सर्टिफिकेट, इभाकुएशन प्लान, कलर कोडेड फ्लोर प्लान डाइग्राम र रिस्क एनालाइसिस स्पेसिफिक प्लान टु द स्टेडियमबारे एन्फाले पालना गर्नुपर्ने रिपोर्टमा प्रस्तुत गरिएको थियो। एएफसीले पनि सोही कुरा एन्फालाई पत्राचार गरेको थियो।

यस्तो थियो गत वर्षको बजेट

गत वर्ष ०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुदका लागि २ अर्ब ८७ करोड ५९ लाख बजेट छुट्याएको थियो।

त्यस वेला सरकारले आगामी आर्थिक वर्षमा त्रिवि क्रिकेट मैदानलाई अन्तरराष्ट्रिय स्तरको बनाउने क्रममा फ्लडलाइट जडान गरिसक्ने लक्ष्य लिएको थियो। पछिल्लो २ आर्थिक वर्षदेखि मूलपानी मैदान निर्माणको काम सम्पन्न गर्ने उल्लेख गरेको सरकारले यस वर्षको बजेटमा पनि त्यसलाई निरन्तरता दिएको छ।

गत वर्ष सरकारले थप चारवटा क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकतामा राखेको थियो। मोरङको गिरिजाप्रसाद कोइराला स्मृति क्रिकेट रंगशाला, बैतडीको दशरथ चन्द स्मृति क्रिकेट रंगशाला‚ कैलालीको फाप्ला क्रिकेट रंगशाला र काठमाडौं को सुवर्ण शमशेर स्मृति रंगशाला निर्माण अगाडि बढाउन बजेट विनियोजन गरेको अर्थमन्त्रीले बजेट वक्तव्यमा उल्लेख गरेका थिए।

निमार्णाधीन पोखरा, धनगढी, इटहरी र नेपालगञ्जको प्रदेश रंगशाला तथा कभर्ड हल निर्माण यस वर्ष सम्पन्न गर्ने सरकारले जनाएको थियो। हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणका लागि सार्वजनिक-निजी साझेदारीको अवधारणा ल्याइने तथा र्‍याफ्टिङ, प्याराग्लाइडिङ, क्यानोइङ, रक क्लाइम्बिङ र अल्ट्राम्याराथन लगायतका साहसिक खेलकुद पूर्वाधार निर्माण पनि सरकारको प्राथमिकतामा राखिएका थिए।

१९औँ एशियाली खेलकुद, १४औँ दक्षिण एशियाली खेलकुद र १०औँ राष्ट्रिय खेलकुदका तयारीका लागि खेलाडीलाई आवश्यक प्रशिक्षण गर्नका लागि बजेट विनियोजन गरेको अर्थमन्त्रीले त्यस वेला बताएका थिए।

यस्ता छन् आगामी वर्षका नीति तथा कार्यक्रम

सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ। जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए।

विभिन्न विषय समेटिएको उक्त नीति तथा कार्यक्रममार्फत सरकारले आगामी वर्ष दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने घोषणा गरेको थियो।

नीति तथा कार्यक्रममा सबैका लागि खेलकुद तथा योग अभ्यासको अवसर सिर्जना गरिने उल्लेख छ। सरकारले नेपालको मौलिक एवं परम्परागत खेलहरूको प्रवर्द्धन गर्न तथा प्रतिभावान खेलाडीको खोजी गर्न राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गरिने जनाएको छ।

सरकारले अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको सहभागिता बढाइने उल्लेख गरेको छ।

सरकारले आगामी वर्ष आधुनिक प्रविधियुक्त ई-स्पोर्टसको अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने जनाएको छ। राष्ट्रिय स्तरको खेलकुदका लागि पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राख्ने सरकारको योजना छ।

‘काठमाडौं को मूलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिइनेछ। चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइनेछ। कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिसहित थप निर्माण कार्य प्राथमिकताका साथ अगाडि बढाइनेछ ‘, नीति तथा कार्यक्रममा उल्लेख छ।

सरकारले आगामी वर्षदेखि विद्यालयका शिक्षक र विद्यार्थीलाई खेलकुद तालिम दिइने जनाएको छ। बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता सञ्चालन गर्ने र खेल क्षेत्रमा महिला सहभागिता बढाउने सरकारको योजना रहेको छ।

‘खेलाडीको सम्मान र वृत्ति विकासका लागि विशेष कार्यक्रम कार्यान्वयन गरिनेछ। अन्तरराष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा विजयी नेपाली खेलाडीलाई पुरस्कृत एवम् सम्मान गर्नुका साथै जीवन निर्वाह भत्ताको व्यवस्था गरी उनीहरूको मनोबल उच्च राखिनेछ’, नीति तथा कार्यक्रममा उल्लेख छ।

गत वर्ष यस्ता थिए नीति तथा कार्यक्रम

राष्ट्रपति पौडेलले आफ्नो कार्यकालमा नीति तथा कार्यक्रम दोस्रो पटक प्रस्तुत गरेका हुन्। गत वर्ष पनि सरकारले खेल क्षेत्रमा विभिन्न नीतिको घोषणा गरेको थियो।

गत वर्ष सरकारले हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गरिने जनाएको थियो। वार्षिक खेलकुद क्यालेण्डर तयार गरी अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिताहरूको आयोजना गरिने नीति तथा कार्यक्रममा उल्लेख थियो।

‘एक वडा एक खेल मैदान, एक पालिका एक कभर्ड हलको निर्माण गरिनेछ। खेलकुदलाई राष्ट्रको पहिचान, गौरव र प्रतिष्ठा बढाउने माध्यमको रूपमा विकास गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न जोड दिइनेछ’, ०८०/८१ को नीति तथा कार्यक्रममा उल्लेख थियो।

सरकारले गत वर्ष अन्तरराष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीहरूलाई प्रोत्साहन एवं पुरस्कृत गरिने जनाएको थियो।

गत वर्ष सरकारले खेलकुद पूर्वाधारहरूको दिगो व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारको सहभागिता बढाउँदै लैजाने तथा खेलकुद पर्यटनको विकास र विस्तार हुने किसिमका खेलकुद पूर्वाधारहरू सार्वजनिक-निजी साझेदारीमा निर्माण गर्न प्रोत्साहन गरिने जनाएको थियो।

‘आगामी दुई वर्षभित्र काठमाडौं को कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नति सम्पन्न गरी अन्तरराष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुने व्यवस्था गरिनेछ। चितवनको भरतपुर, कैलालीको फाप्ला बैतडीको दशरथचन्द र मोरङको विराटनगर क्रिकेट रंगशालाको पूर्वाधार निर्माण कार्य अघि बढाइनेछ’, गत वर्षको नीति तथा कार्यक्रममा पनि उल्लेख गरिएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP