Trending
राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ? राजनीति प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान समाज भूमि बैंक र उद्योग निजीकरणविरुद्ध किसान आन्दोलनको चेतावनी स्वास्थ्य आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखिए देशभर सेवा ठप्प पार्ने चेतावनी समाज मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्रीसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर राजनीति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित राजनीति सरकार ‘शुभकामना’ दिन पनि योग्य छैन : पूर्वमुख्यमन्त्री राई राजनीति मझौला उद्योग व्यवसायीको ब्याज र हर्जाना छुट गरिदिन सांसद तिमल्सेनाको आग्रह स्वास्थ्य वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : मन्त्री पौडेल

कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार


विराटनगर : महालेखापरीक्षकको कार्यालयले कोशी प्रदेशका प्रदेश प्रमुखलाई छैटौँ लेखापरीक्षण प्रतिवेदन बुझाएको छ।

कार्यालयले बुधवार प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रतिवेदन बुझाएको हो।

महालेखापरीक्षकको कार्यालयका नायव महालेखापरीक्षक श्रीप्रसाद राईले आर्थिक वर्ष ०७९/८० को उक्त प्रतिवेदन प्रदेश प्रमुख खापुङलाई हस्तान्तरण गरेका हुन्।

प्रतिवेदनमा कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार रहेको कोशी प्रदेशका महालेखापरीक्षक श्रीप्रसाद राईले उल्लेख गरे।

लेखापरीक्षकको कार्यालयले प्रदेश सरकारअन्तर्गतका मन्त्रालय तथा निकायसमेत गरी १८० वटा कार्यालयको ४७ अर्ब ९३ करोड १ लाख १५ हजार रुपैयाँ र १८ समिति तथा अन्य संस्थाको ४ अर्ब ८४ करोड ७० लाख १९ हजार रुपैयाँसमेत गरी ५२ अर्ब ७८ करोड ७१ लाख ३४ हजार रुपैयाँको लेखापरीक्षण सम्पन्न गरेको थियो।

प्रतिवेदनमा औँल्याइएको बेरुजुमध्ये १४ करोड ७१ लाख ४० हजार रुपैयाँ असुल गर्नुपर्ने, १ अर्ब ९ करोड ४० लाख ४७ हजार रुपैयाँ नियमित गर्नुपर्ने उल्लेख छ।

नियमित गर्नुपर्ने बेरुजुमध्ये पनि ३४ करोड ५२ लाख १ हजार रुपैयाँ अनियमित भएको र ७४ करोड ८८ लाख ४६ हजार रुपैयाँको प्रमाण कागजात पेश नभएको तथा ७ करोड ६४ लाख २३ हजार रुपैयाँ पेश्की दिएको उल्लेख छ।

आर्थिक वर्ष ०७९/८० मा देखिएको १ अर्ब ३१ करोड ७६ लाख १० हजार रुपैयाँसहित अद्यावधिक बेरुजुको अंक भने ५ अर्ब ५८ करोड ४ लाख ७ हजार रुपैयाँ पुगेको बताइएको छ।

अद्यावधिक बेरुजु गत वर्षभन्दा १२.४९ प्रतिशतले बढेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP