सुनको भाउमा ऐतिहासिक रेकर्ड


काठमाडौं : आज नेपाली बजारमा सुनको भाउ ऐतिहासिक बिन्दुमा पुगेको छ। आज सुनको भाउ १ हजार ७०० रुपैयाँ बढेको छ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सुनको भन्सार दर २० प्रतिशत लाग्ने घोषणा गरेसँगै भाउ रेकर्ड बिन्दूमा पुगेको व्यवसायीहरु बताउँछन्।

सरकारले चालु आवको बजेटमार्फत भन्सार दर ५ प्रतिशत बढाएर १५ प्रतिशत पुर्याइएकामा फेरि भन्सार ५ प्रतिशत वृद्धि गरेको हो।

आज छापावाला सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुनको भाउ १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज प्रतितोला चाँदीको मूल्य १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ बिहीबार १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३४२ दशमलव ६८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ९१ पैसामा कारोबार भइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP