Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सुपर ओभरमा नामिबियासँग ओमान स्तब्ध


काठमाडौं : आइसिसी टी- २० विश्वकपअन्तर्गत आज भएको खेलमा नामिबिया विजयी भएको छ। लो स्कोरिङ गेममा निर्धारित २० ओभरमा दुवै टोलीले बराबरी रन बनाए। ​ ओमनले दिएको १०९ रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेट गुमाउँदै अन्तिम बलमा १०९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य पाएको थियो। तर ओमानले १० रन मात्र बनाउन सक्यो। ओमानका बिलाल खानले तीन चौका र एक छक्कासहित २१ रन खर्चिएका थिए।

त्यसअघि १ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो।

नामिबियाका लागि जान फ्राइलिंकले सर्वाधिक ४५ रन बनाए। निकोलास डाभिनले २४ रन जोडे। ओमानका लागि मेहरन खानले ३ विकेट लिए भने बिलाल खान, अकिब इलियास र आयान खानले १–१ विकेट लिए।

बारबाडोसको किङ्सटन ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो। पहिलो दुई बलमा दुई विकेट गुमाएको ओमानले १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो। रुबेन ट्रम्पलम्यानको घातक बलिङसामु ओमान निरीह देखिएको थियो।

त्यसपछि खालिद काइल र जिसान मक्सुदले ओमानको इनिङ्स सम्हाले। खालिद ३९ बलमा ३४ रन बनाए भने मक्सुदले २० बलमा २२ रन जोडे।

त्यस्तै आयान खानले १५ रन तथा शकिल अहमदले ११ रनकोको योगदान दिए।

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए । उनले ४ ओभरमा मात्र २१ रन खर्चिए। उनको करियरको सबैभन्दा उत्कृष्ट बलिङ प्रदर्शन थियो भने विश्वकपमा नामिबियाका लागि पनि सबैभन्दा प्रदर्शन थियो। डेभिड विसाले ३ तथा जेर्हार्ड इरास्मसले २ विकेट लिए। बर्नार्ड स्कोल्ट्जले १ विकेट हात पारे।
जितसँगै समूह बीमा रहेको नामिबियाले महत्वपूर्ण २ अंक जोडेको छ।

प्रतियोगिता अन्तरगत आज राति श्रीलंका र दक्षिण अफ्रिका आमने सामने हुनेछन्। समूह एमा रहेको नेपाल र नेदरल्याण्ड्सको खेल भोलि राति हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP