Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

विश्वकप : रन र विकेटमा खेलाडीलाई युरो पेन्ट्सको नगद पुरस्कार


काठमाडौं : युरो पेन्टसले जारी आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न पुरस्कार घोषणा गरेको छ। जसअनुसार विश्वकपमा प्रत्येक रन र विकेटमा खेलाडिले युरो पेन्टसको तर्फबाट पुरस्कार प्राप्त गर्नेछन्।

युरो पेन्टसले जारी विश्वकपमा नेपालको जीतको श्रृंखला अगाडि बढाउन खेलाडीहरूको मनोबल उच्च पार्ने उद्देश्यले पुरस्कारको घोषणा गरेको जनाएको छ । जसमा प्रत्येक रन बनाएबापत रू। तीन सय, प्रत्येक विकेटबापत रू तीन हजार, प्रत्येक चौकाबापत एक हजार, प्रत्येक छक्काबापत दुई हजार, प्रत्येक अर्धशतक बापत ५० हजार र प्रत्येक शतकबापत १ लाख रूपैयाँ नगद खेलाडीले युरो पेन्टसको तर्फबाट प्राप्त गर्नेछन्।

यस पुरस्कार घोषणाले नेपाली खेलाडीलाई उच्च प्रदर्शन गर्न प्रोत्साहन मिल्ने विश्वास लिएको जगन्नाथ ग्रुपका प्रबन्ध निर्देशक केल्बिन शर्माले बताए। उनका अनुसार जारी टी–२० विश्वकपको सुपर–८ पुग्नासाथ नेपाल क्रिकेट संघ (क्यान) लाई समेत पुरस्कृत गरिनेछ।

सुपर–८ मा पुग्न सफल भए दुई लाख, सेमीफाइनलमा पुगे पाँच लाख, फाइनलमा पुग्न सफल भए सात लाख र वर्ल्डकप जित्न सफल भए दश लाख दिने घोषणा गरिएको शर्माले बताए।

विगत ६ वर्षदेखि आफ्ना उत्पादन बजारमा ल्याएको युरो पेन्ट्सले नेपाली खेलकुद क्षेत्रको विकासमा सहयात्रा गर्दै आएको छ। नेपालले टी–२० विश्वकपको श्रृंखलाअन्तर्गत आफ्नो पहिलो खेल नेदरल्यान्डसँग मंगलबार खेल्दैछ। त्यस्तै टेस्ट मान्यताप्राप्त साउथ अफ्रिका, श्रीलंका र बंगलादेशसँग पनि नेपालले पहिलो चरणमा खेल्ने छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP