Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

वेस्ट इन्डिजसँग युगान्डा १३४ रनले पराजित

एजेन्सी

काठमाडौं : आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत आज बिहान भएको खेलमा वेस्ट इन्डिजले युगान्डालाई १३४ रनको फराकिलो अन्तरले हराएको छ।

गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा भएको खेलमा १७४ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको युगान्डाले ३९ रनमात्र बनाउन सक्यो। युगान्डाका जुमा मियागीको १३ रन नै सर्वाधिक रह्यो। जुमा बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्।

युगान्डालाई सस्तैमा समेट्न अकिल हुसेनले ५ तथा अल्जारी जोसेफले २ विकेट लिए।

त्यस अघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन बनायो। वेस्ट इन्डिजका लागि जोन्सन चार्ल्सले सर्वाधिक ४४ रन बनाए। रोभमन पावलले २३ रनको योगदान गर्दा निकोलस पुरन र शेरफेन रुथरफोर्डले समान २२ बनाए। यस्तै आन्द्रे रसेल ३० रनमा नटआउट रहे। युगान्डाका बसिन मासाबाले २ विकेट लिए।

समूह सीमा रहको वेस्ट इन्डिज लगातार दुई खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। दुई पटकको विश्व विजेता वेस्ट इन्डिजले पहिलो खेलमा पिएनजीलाई पराजित गरेको थियो।

त्यस्तै युगान्डाले भने तीन २ मध्ये एक जित निकालेको छ। युगान्डा आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो भने दोस्रो खेलमा पिएनजीमाथि ऐतिहासिक जित हासिल गरेको थियो।

त्यस्तै आज दोस्रो खेल समूह ए अन्तर्गत भारत र पाकिस्तानबीच हुँदै छ। न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ।

आजै तेस्रो खेल समुह बी अन्तर्गत ओमान र स्कटल्याण्डबीच हुदै छ। एन्टीगास्थित सर भिभीयन रिचार्ड स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा १० बजेदेखि शुरु हुने छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP